नेपाली कांग्रेस द्वारा डिलाशैनि कार्यलयमा तालाबन्दी
काँग्रेस डिलाशैनीद्धारा डिलाशैनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
बैतडीको डिलाशैनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । डिलाशैनी गाउँपालिकाको कार्यालय पंसेरमा नेपाली काँग्रेस डिलाशैनी कार्यसमिति सभापति जयराज जोशी,काँग्रेस बैतडी जिल्ला सदस्य कर्ण राना,जिल्ला सदस्य तथा वडा नम्बर ३ का अध्यक्ष भरत बोहरा,बैतडी क्षेत्र नम्बर क का क्षेत्रयि सचिव रिकेश बोहरा,क्षेत्रिय सदस्य भिम नाथ,महेश खडायत,वडा नमबर ३ का वडा सभापति सोवान बोहरा नेतृत्वको टोलीले आज शुक्रबार तालाबन्दी गरेको हो । गाउँपालिकाले विभिन्न योजनाहरुमा अनियमितता,भ्रष्टाचार,कमिसनखोरी लगायतका अन्य गैरकानुनी कार्य गरेको सभापति जयराज जोशीले बताउनुभयो । यस्तै गाउँपालिकाले अहिले सम्म गरेका कार्यहरुको सम्पुर्ण विवरण र अन्य सुचनाहरु पटक पटक माग गरेको र उक्त सुचनाहरु दिन अटेर गरेकाले गाउापालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको सभापति जोशीले बताउनुभयो । उता गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहरा संग बुझदा् आफुहरु संग कानुनी सल्लाहकार नभएको र कानुनी सल्लाहकार संग बुझेर आईतबार भित्र सुचना उपलब्ध गर्र्ने बताएको भने पनि उनीहरुले तालाबन्दी गरिएको बताउनुभयो ।


