१० आश्विन २०८३, शनिबार

कोहलपुरमा ४०० बिरुवा रोप्दै वातावरण संरक्षणमा जोड

एसीपी संवाददाता

१० आश्विन २०८३, शनिबार १९:३५ मा प्रकाशित

दिनेश ठाकुर कोहलपुर, बाँके असाेज १० — आरआरएन (RRN) को सहयोगमा सञ्चालित डिजिएम (DGM) नेपाल परियोजनाअन्तर्गत दलित महिला संघ (फेडो) बाँकेको साझेदारीमा बाँकेको कोहलपुर नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण तथा सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न रैथाने तथा उपयोगी प्रजातिका ४०० वटा बिरुवा रोपिएको फेडो बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिनुभयो।

सामुदायिक सहभागितालाई प्राथमिकता दिँदै कोहलपुर नगरपालिकाभित्रका विभिन्न महत्वपूर्ण स्थानमा वृक्षारोपण गरिएको हो। सामुदायिक वन क्षेत्रमा प्राकृतिक सन्तुलन तथा हरियाली संरक्षणका लागि बिरुवा रोपिएको छ भने स्थानीय गाउँ तथा टोल क्षेत्रमा वातावरण सुधारका लागि स्थानीयवासीको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको छ।

त्यसैगरी, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको दलित सङ्ग्रहालय परिसरलाई थप सुन्दर, हरियालीयुक्त तथा पर्यावरणमैत्री बनाउने उद्देश्यले पनि विशेष प्राथमिकताका साथ बिरुवा रोपिएको आयोजकले जनाएको छ।

कार्यक्रममा फेडो बाँकेका प्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, भद्रभलाद्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले बिरुवा रोप्नु मात्रै पर्याप्त नभएको भन्दै रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह तथा हुर्काउने जिम्मेवारीसमेत सामुदायिक रूपमा बहन गर्ने प्रतिबद्धता जनाएका छन्।

फेडो बाँकेकी कार्यक्रम संयोजक दिलशा गौतमले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायको निरन्तर सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण संरक्षण र सामुदायिक विकासका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x