१ कार्तिक २०८३, शनिबार

चिनमा सबै भन्दा बढी पत्रकार माथी दमन , १ सय २७ जना हिरासतमा

एसीपी संवाददाता

२३ मंसिर २०७८, बिहीबार ०१:२० मा प्रकाशित

२३ गते मङ्सिर २०७८ । सबैभन्दा धेरै पत्रकारको आवाज दबाउने र पत्रकारलाई बन्दक बनाउने राष्ट्रको पहिलो सूचीमा आएको छ ।

पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ । वर्तमान समय चीनमा कमसेकम १ सय २७ पत्रकार हिरासतमा रहेको बीबीसीले जनाएको छ ।

रिपोर्टका अनुसार चीनले पत्रकारिताविरुद्ध विश्वभर दमनकारी अभियान चलाइरहेको छ । चीनले पत्रकारहरुलाई मात्र नभएर नागरिक पत्रकारहरुलाई पनि अशान्ति फैलाएको आरोपमा गिरफ्तारी गर्नुलाई जायज भन्दै आएको छ ।

४२ पृष्ठ लामो रिपोर्टमा महामारी बढेसँगै प्रेसमाथिको प्रतिबन्ध अझ धेरै बढेको बताइएको छ । वुहानमा कोरोना भाइरसको रिपोर्ट बनाउन गएका १० पत्रकार र अनलाइन कमेन्टेटरलाई हिरासतमा लिइएको रिपोर्टमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x