२९ आश्विन २०८३, बिहीबार

बाँकेमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, उद्योगी–व्यवसायीसहित राजनीतिक व्यक्तित्वहरूको सामूहिक प्रवेश

एसीपी संवाददाता

३० आश्विन २०८३, शुक्रबार ०१:२३ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, २९ असोज — श्रम संस्कृति पार्टीले बाँके जिल्लामा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा नेपालगन्जका स्थापित उद्योगी–व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूसहित विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू पार्टीमा सामूहिक रूपमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा नेपालगन्जका चर्चित उद्योगी–व्यवसायी तथा सामाजिक व्यक्तित्व मेराज हिमाल (हलवाई) र चाँद खाँ रहनुभएको छ। त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश उपाध्यक्ष असलम अन्सारीले समेत आफ्नो पुरानो पार्टी परित्याग गर्दै श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ।

खाँन, हलवाई र अन्सारी समुदायको प्रतिनिधित्व गर्ने व्यवसायी, सामाजिक व्यक्तित्व तथा राजनीतिक नेतृत्वको सामूहिक प्रवेशलाई श्रम संस्कृति पार्टीले बाँकेमा संगठन विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

स्थापित उद्योगी–व्यवसायी र राजनीतिक व्यक्तित्वहरूको सहभागिताले जिल्लामा पार्टीको सांगठनिक उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ।नवप्रवेशीहरूलाई श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले पार्टीमा स्वागत गर्दै प्रवेश गराउनुभएको थियो।

पार्टी प्रवेश कार्यक्रममा प्रस्तावित केन्द्रीय सदस्यद्वय राजन राना मगर र कालिमिया (कस्मिरा) खातुन, जिल्ला अध्यक्ष श्रीमान थापा मगर तथा नगर श्रम संयोजक इम्तियाज राईलगायतको उपस्थिति रहेको थियो।

बाँकेमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध गराउने अभियानले गति लिँदै जाँदा श्रम संस्कृति पार्टीले जिल्लामा आफ्नो प्रभाव र संगठन विस्तार गर्ने प्रयासलाई थप तीव्र बनाएको देखिन्छ।

श्रम संस्कृति पार्टी बाँकेका जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख रईस अहमद हलवाईले पार्टी प्रवेश कार्यक्रमबारे जानकारी दिँदै स्थापित व्यवसायी, सामाजिक व्यक्तित्व तथा राजनीतिक नेतृत्वको सहभागिताले संगठन विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x