२२ श्रावण २०८३, शुक्रबार

चिनिया निर्माण कम्पनी का कारण पोखरा–मुग्लिन राजमार्गको दुर्दशा

एसीपी संवाददाता

१३ पुष २०८०, शुक्रबार ०९:०२ मा प्रकाशित

मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७८ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले भदौदेखि विस्तारको काम गरिरहेको छ । तर दुवै खण्डको काम सुस्त छ ।
पानी पर्नासाथ हिलाम्मे, अरू बेला धुलाम्मे सडकका कारण चीनको निर्माण छविलाई नै धमिल्याउने काम ग¥यो । पृथ्वी राजमार्गमा चिनियाँ निर्माण कम्पनीकै चित्र कहिले हिलाम्मे त कहिले धुलाम्मे बनेको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्ण पण्डितको विश्लेषण छ ।
मुग्लिन–पोखरा सडक खण्डलाई ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन गुडाउन मिल्ने गरी ६ लेन र ४ लेन सडकको ठेक्का दुई चिनियाँ कम्पनीले पाएका हुन् । दुवै खण्डको निर्माण सुस्त छ । त्यसमध्येको पश्चिमी खण्डमा कामै हुन नसकेर बदनामी नै कमायो । अहिलेसम्म यो खण्डमा १४ प्रतिशत मात्र काम सकिएको छ ।
पूर्व खण्डका लागि माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०८१ साल वैशाखसम्म निर्माण सक्ने प्रतिबद्धता जनाएको थियो । अहिलेसम्म पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम भएको छ ।

पश्चिम खण्डका लागि २०७८ जेठमा ७ अर्ब ४० करोड ४६ लाखको ठेक्का सम्झौता गरेको यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पनि २०८१ साल भदौसम्म काम सक्नुपर्ने थियो ।

तर सम्झौता अवधि सकिनै लागिसक्दा पनि चिनियाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गर्दा पोखरासँगै गण्डकी प्रदेशकै पर्यटन क्षेत्र प्रभावित भयो । स्थलमार्गबाट आउने भारतीय पर्यटकहरू बीच बाटोबाटै फर्किन थालेपछि पोखराका पर्यटन व्यवसायी, पृथ्वी राजमार्ग क्षेत्रका स्थानीयले सरकारको ध्यानाकर्षण गराए । शुक्लागण्डकीमा स्थानीयले आन्दोलनै गरे ।

भौतिक पूर्वाधार मन्त्रालयले दुई पटकसम्म ठेक्का तोड्न सक्ने आशयको पत्र नै काट्यो, तर कामको गति नबढेपछि प्रचण्ड सरकारमा सुरुमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले चिनियाँ राजदूतलाई समेत लगेर सडक देखाए । त्यसबेला मन्त्रीहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कामको गति सन्तोषजनक भए÷नभएको जानकारी गराउन भनेका थिए ।

सोमबार सडकको निरीक्षणमा गएका मेयर आचार्यले अहिले भने कामको गति बढेको पाएको सुनाए । ‘भौतिक पूर्वाधार मन्त्रीले स्थलगत रूपमा हेरेर जानकारी गराउनू भनेपछि हामीले काम हे¥यौं, निर्माण कम्पनीका व्यक्तिहरूलाई भेट्यौं’ मेयर आचार्यले भने, ‘अहिले कामले केही गति लिएको देखियो ।’

बर्खामा हिलो र अरू बेला धुलो सहेका शुक्लागण्डकी, म्याग्दे, पोखराका स्थानीयमा पनि आशा पलाएको छ ।सिधार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x