१४ कार्तिक २०८३, शुक्रबार

चिनीयाँ राजदुत यान्छीको दबाव , नेकपाका दोस्रो र पहिलो वरीयताका नेताहरूलाई गोप्य भेटेर मिलेर जान निर्देशन

एसीपी संवाददाता

१४ माघ २०७७, बुधबार ०७:०० मा प्रकाशित

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा परेका चीनले नेपालस्थित राजदूत होउ यान्छी र चिनियाँ सम्पर्क सूत्रहरूलाई निरन्तर सक्रिय बनाएको छ ।

नेपालका चिनियाँ राजदूत यान्छीले बुधबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छिन् । दाहालसँग भेट गर्न राजदूत यान्छी बिहान साढे ९ बजे खुमलटार पुगेकी थिइन् ।

नेकपाका दोस्रो र पहिलो वरीयताका नेताहरूलाई गोप्य रुपमा भेटेर नेकपा मिलाउन हर्कत गर्दै आएकी यान्छीले दाहाललाई भेट गरेकी छिन् । अध्यक्ष दाहाल र राजदूत यान्छीबीच ०९ः३५ देखि १०ः३० बजेसम्म भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ ।

अवैधरुपमा चीनबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरामद

चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनमा छानबिन गर्न राष्ट्र संघलाई अनुमति दिन माग

टिकटकसहित ५९ वटा चिनियाँ एपमा आजिवन प्रतिबन्ध

भेटमा राजदूत यान्छीले नेकपालाई मिलाएर लैजान दाहाललाई दवाव दिएकी छिन् । उनले प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिन दाहाललाई दवाव दिएकी छिन् । स्रोतका अनुसार राजदूत यान्छीले सकेसम्म दुबै नेकपालाई मिलाउन सुझाव दिएकी छिन् । पार्टीनै मिल्ने अवस्था नभएमा ओलीलाई साथ दिएर संसद पुनःस्थापना गर्न दवाव दिएको स्रोतको भनाइ छ ।

दाहालसँगको भेटमा राजदूत यान्छीले निर्वाचन आयोगले पनि नेकपा मिलोस् भनेर मध्यमार्गी निर्णय गरेको भन्दै कम्युनिस्टहरूभित्रको एकतालाई मिलाएर जाने सुनौलो मौका रहेको सुझाव दिएकी छिन् ।

नेकपा विभाजन भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय टोली पठाएर नेकपाका उच्च नेताहरूसँग भेट गरि नेकपा मिलाउन दवाव दिएका थिए । नेकपाका नेता बामदेव गौतमले बुधबार ललितपुरमा नेकपालाई मिलाउनका लागि दवाव समूह घोषणा गर्दै छन् ।

चीनकै दवाव र ईशारामा गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको आरोप छ । नेपाली कांग्रेसभित्र नेकपा विभाजन र संसद विघटनका विषयमा एकमत हुन नसकेको बेला चीनले दुबै नेकपालाई मिलाउन ठूलो प्रयास गरिरहेको छ । कांग्रेसका सभापति देउवा निर्वाचनको पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाको पक्षमा छन् ।

संसद पुनःस्थापना गराएर चीनले नेकपालाई मिलाउन खोजिरहेको छ ।

चीनको अभियानलाई कांग्रेसका वरिष्ठ नेता पौडेलले साथ दिएको भनेर आरोप लागेको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x