चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनमा छानबिन गर्न राष्ट्र संघलाई अनुमति दिन माग
लन्डन । संयुक्त अधिराज्य बेलायतले चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनका घटनाबारे अनुसन्धान र छानबिन गर्नका लागि संयुक्त राष्ट्र संघलाई अनुमति दिन माग गरेको छ ।
बेलायतले संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई सिन्जियाङमा गएर अनुगमन गर्नका लागि अनुमति दिन चीनलाई दबाब दिइरहेको छ ।
गत साता बेलायतका विदेशमन्त्री डोमिनिक राबले चीनको सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाउने बताएका थिए ।
चीनले अल्पसंख्यक मुस्लिम उइगरहरुलाई यातना दिने गरेको, जबरजस्ती श्रम शोषण गराएर सामग्रीहरु उत्पादन गरेको, जबरजस्ती बाझोपन गराउने र मानवअधिकार उल्लंघनका घटनाहरु भएको बेलायतले सिन्जियाङमा उत्पादन गरेका सामग्रीहरुमा प्रतिबन्ध लगाउने गरेका छन् ।
बेलायत सरकारले आइतबार संयुक्त राष्ट्रसंघीय अधिकार निरीक्षकहरुलाई सिन्जियाङ भ्रमण गर्न अनुमति दिन चीनलाई दबाब दिएको छ । उइगर अल्पसंख्यक मानिसहरुका विरुद्ध मानवअधिकार उल्लंघनको “भयावह” भएको छ ।
चीनले उइगरहरुमा नरसंहार गर्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुले पनि विरोध जनाइरहेका छन् । तर, चीनले भने यस आरोपलाई अस्वीकार गरिरहेको छ । नेपालपाना


