७ बैशाख २०८३, सोमबार

चीनबाट सम्बन्ध राख्दा नेपालले श्रीलंका र अन्य देशबाट सिक्नुपर्ने- सीडीएस जनरल रावत

एसीपी संवाददाता

४ पुष २०७७, शनिबार ०६:५५ मा प्रकाशित

भारत नेपाल–चीन सम्बन्धका बारेमा फेरि बोलेको छ ।

भारतको तीन वटै सेनाका प्रमुख अर्थात् चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतले नेपालको नाम लिँदै श्रीलंकासँग सिकोस् भन्नुभएको हो । नेपालले श्रीलंका र अरु देशबाट सिक्नुपर्ने सीडीएस जनरल रावतको भनाइ थियो ।
एक कार्यक्रमका क्रममा रावतले नेपालको चीनसँगको सम्बन्धलाई लिएर यस्तो बताउनुभएको भारतीय समाचार संस्था एएनआईलाई उधृत गर्दै अमर उजालाले लेखेको छ ।

चिनियाँ जहाज धान्न नसकिने भन्दै फिर्ता पठाउने तयारी,अरु ठेक्का नि अलपत्र


रावतले भन्नुभयो, ‘भारतको सद्भावना कुनै धागोको डोरीसँग जोडिएको होइन । अन्तरराष्ट्रीय मामिलामा नेपाल स्वतन्त्र रुपबाट काम गर्न सक्दछ । तर उसले श्रीलंका र अरु देशबाट चनाखो भई सिकोस् कि जसले यस क्षेत्रका अरु देशसँग पनि सम्झौता गरेका छन् ।’

यस क्षेत्रका अन्य देशका साथ श्रीलंकाले सम्झौता गरेको भनेर जनरल रावतले चीनतर्फ इशारा गर्नुभएको हो । चीनले श्रीलंकामा बन्दरगाह बनाउनका लागि दिएको ऋणको भारमा श्रीलंका थिचिएको भनेर त्यहाँको आन्तरिक राजनीतिक मुद्दा नै पनि बनेको छ । ईमेजबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x