३० आश्विन २०८३, शुक्रबार

चीनले अस्ट्रेलियाको राष्ट्रिहितमा खतरा उत्पन्न गरेको दावी

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार ११:५० मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । एजेन्सी – अष्ट्रेलियाली विदेशमन्त्री मारिस पायनेले चीनले अस्ट्रेलियानका राष्ट्रि हितमा खतरा उत्पन्न गराएको बताएकी छन्। चीनले अस्ट्रेलियासँगको सम्बन्धमा चुनौतीहरु प्रस्तुत गरेको र चिनियाँ गतिविधिहरुले आफ्नो मुलुकको राष्ट्रिय हित खतरा उत्पन्न गराएको बताएकी छन्।

पायनेले बिहीबार अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको तेस्रो इन्डोप्यासिफिक ओरेसनमा सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

उनले भनिन्, “पछिल्लो समय चीनले अस्ट्रलियासँगको सम्बन्धको बारेमा चुनौतीहरु सिर्जना गरेको हामीले देखेका छौं। किनकि हामीले ती कार्यहरुले गर्दा अष्ट्रेलियाको राष्ट्रिय हितको लागी खतरा भएको र ती कार्यहरु रोक्नका लागि चीनलाई आग्रह गरेका छौं। क्यानबेरामा कूटनीतिज्ञहरुले पनि सार्वजनिक रूपमा यसबारे आफ्नो धारणा राख्नुभएको छ।“

“खुला मिडियाको सम्मान गर्ने देशहरु मिडियामाथिको प्रतिबन्ध र स्वतन्त्रता प्रतिबन्धित गर्न सहमत छैनन्। थिंक ट्यांक र विश्वविद्यालयजस्ता संस्थाहरुको स्वतन्त्रताको सम्मान गर्ने देशहरु ती प्रतिबन्धित गर्न सहमत छैनन्। साइबरस्पेस र अन्य क्षेत्रहरुमा आफ्नो सुरक्षा गर्ने देशहरु त्यसो गर्न सहमत छैनन्“ उनले थपे।

क्वाड साझेदारीको बारेमा उनले भनिन्, “क्वाड चार महान लोकतन्त्रलाई आत्मसाथ गरेको मुलुकहरुको साझा हितका सम्बन्धमा कुरा गर्ने साझा थलो हो। यस क्षेत्रमा विशेष गरी खुला, स्वतन्त्र, सुरक्षित, स्थिरता लागि यो समूह गठन गरिएको हो।“

ती वैश्विक नियमहरु र मापदण्डहरुको लागी सटीक समृद्धि र स्थिरताका लागि उक्त समूह गठन भएको उनले बताएकी हुन्। मारिस पायने र अष्ट्रेलियाका रक्षा मन्त्री पिटर डटनले शनिबार आफ्ना भारतीय समकक्षी एस जयशंकर र राजनाथ सिंहसँग २ं २ मन्त्रीस्तरीय वार्ता गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x