१ कार्तिक २०८३, शनिबार

चीनले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम तीन वर्षदेखी अलपत्र

एसीपी संवाददाता

७ मंसिर २०७८, मंगलवार ०३:५२ मा प्रकाशित

७ गते मङ्सिर २०७८ । चीनको अनुदान सहयोगमा निर्माण हुन लागेको चक्रपथ विस्तारको काम तीन वर्षदेखी अलपत्र परेको छ। चीनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्ड विस्तारको प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाउँदा काम अलपत्र परेको हो ।

प्रारम्भिक इन्जिनियरिङ्ग डिजाईन पगाए ठेक्का जाने गरी डिटेल डिजाइनको काम अघि बढ्ने भएपछि उक्त काम तीन वर्षदेखि रोकिएको छ। चीनको वेवास्ताकै कारण चक्रपथ विस्तार सुरु गरेको तीन वर्षमा यस खण्डमा खासै प्रगति भएको छैन । नेपाल सरकारका तर्फबाट अघि बढाउनुपर्ने काम भने सबै भइसकेको चक्रपथ विस्तार आयोजनाका प्रमुख कुवेर नेपालीले वताए ।

एक महिनाअघि चिनियाँ टोलीले साइट क्लियर छ÷छैन भनेर सोधेको र नेपाल सरकरले सबैतिर क्लियर छ भन्ने जवाफ पठाको पनि उनले जानकारी दिए ।

सडक विभागले रूख काट्ने, पर्खाल हटाउने, खानेपानीको पाइप व्यवस्थापनलगायत सबै काम सकिएको जनाएको छ । स्वयम्भूको स्तूप भएको ४०÷५० मिटर ठाउँमा समस्या छ । बढी समस्या महाराजगन्जको २६५ मिटर क्षेत्रमा छ । यस खण्डमा पर्ने १९ घर सडक विभागले अझै भत्काउन सकेको छैन ।

तर, विवादित क्षेत्रको काम नेपाल सरकारले नै गर्ने भन्दा पनि चिनियाँ टोलीले काम सुरु गरेको छैन। स्वयम्भूको स्तूपमा पनि समस्या नहुने र त्यहाँ सरकार आफैंले बनाउने सर्भिस ट्रयाकभित्र पर्ने आयोजनाले जनाएको छ ।

रूख कटान भएको लामो समयसम्म पनि विस्तारको काम अघि नबढ्दा योजना रोकिएको हो कि भन्ने आशंका सर्वसाधारणमा परेको छ। चक्रपथ पहिलो खण्ड विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यसपटक चिनियाँ टोलीले यस्तो अडान लिएको हुनसक्ने नेपालीले वताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत साइटमा समस्या नरहेको जनाउँदै चिनियाँ दूतावासमार्फत टोलीलाई पत्राचार गर्न लगाएको थियो । टोली आए ठेक्का जाने गरी डिटेल डिजाइनको काम अघि बढ्नेछ । त्यसो त रूख कटान, भौतिक संरचना पन्छाउन, खानेपानी पाइपलाइन व्यवस्थापन र विद्युत्, टेलिकमका पोल हटाउन (साइट क्लियर) थालेकै तीन वर्ष भइसकेको छ ।

कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको ११.६ किलोमिटर सडक चीनको अनुदान सहयोगमा विस्तार हुन लागेको हो । यसअघि चिनियाँ सहयोगमा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भइसकेको छ । जसको दूरी १०.३९ किमि छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x