१४ मंसिर २०८३, आईतवार

चीनले पाकिस्तानलाई दियो धम्कि , हाम्रो नागरिक सुरक्षित देउ

एसीपी संवाददाता

१७ बैशाख २०७९, शनिबार ००:२८ मा प्रकाशित

चीनले पाकिस्तानको कराँची विश्वविद्यालयमा भएको बम विस्फोटको छानविन गर्न माग गरेको छ।

मंगलबार भएको विस्फोटमा आफ्ना तीन नागरिकको मृत्यु भएपछि चीनले यो विषयमा छानबिन गर्न माग गरेको हो।  यो पनि समाचार पढ्नु होला   ड्र्यागन संग सम्बन्ध बिग्रीदै ? पाकिस्तानमा चिनियाँमाथि चौथो आतंकवादी हमला, ३ जनाको मृत्यु

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार पाकिस्तनस्थित चिनिया दूतावासले घटनाको कडा निन्दा गरेको छ। उसले आफ्ना नागरिकलाई पूर्ण सुरक्षा दिन पनि पाकिस्तानलाई आग्रह गरेको छ।

यो घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यसलाई आतंकवाद र कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्। यो पनि समाचार पढ्नु होला –  चीनको दबावमा आर्थिक संकटमा रहेको पाकिस्तानले हत्या भएका चिनियाँ नागरिक परिवारलाई ८६ करोड दिन बाध्य

कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनिया शिक्षकको मृत्यु भएको थियो। विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x