२८ श्रावण २०८३, बिहीबार

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा

एसीपी संवाददाता

५ माघ २०८१, शनिबार १७:११ मा प्रकाशित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ । बीसीसीआईले शनिवार च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जायसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रवीन्द्र जडेजा, हार्दिक पान्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह रहेका छन् ।

च्याम्पियन्स ट्रफीको आयोजक राष्ट्र पाकिस्तान हो । तर, भारतीय टोलीका सबै खेलहरू दुबईमा हुने बीसीसीआईले जनाएको छ ।

बीसीसीआईका अनुसार भारतीय टोलीले फेब्रुअरी २० मा आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने छ । भारतीय टोलीको दोस्रो खेल फेब्रुअरी २३ मा पाकिस्तानसँग हुनेछ ।

आगामी मार्च २ मा भारतीय क्रिकेट टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्ने छ । भारतीय टोलीले हुई पटक च्याम्पियन्स ट्रफी उचाली सकेको छ । सन् २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x