२९ श्रावण २०८३, शुक्रबार

जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी

एसीपी संवाददाता

२० मंसिर २०८१, बिहीबार १२:४२ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको हो ।

पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एकरएक विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए ।

पोखराको लगातार दोस्रो पटक हार व्यहोरेको छ । जनकपुर ६ अङ्कसहित शीर्ष स्थानमा छ । एनपीएलको दोस्रो खेलमा आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x