२८ आश्विन २०८३, बुधबार

जसपाका वरिष्ठ नेता महतोले सरकारमा जाने कुनै योजना नभएको बताए

एसीपी संवाददाता

२६ फाल्गुन २०७७, बुधबार १३:०५ मा प्रकाशित

जनता समाजवादी पार्टी ९ जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला ।’ आफूहरुले राखेको माग जसले पूरा गर्छ त्यसपछि सहानुभूति हुने उनले बताए । निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता, मधेस आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा हुनुपर्ने उनको भनाइ छ । नेकपा एमालेसँगको सत्ता साझेदारीबारे पत्रकाहरुले राखेको प्रश्नमा महतोले भने, ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले रु अनि केपी ओलीको नाम लिनुहुन्छ रु’उनले अगाडि भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै रु यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ? सरकारलाई समर्थनमात्रै गर्ने कि नेतृत्वमा दाबी पनि गर्ने भन्ने जिज्ञासामा महतोले भने, ‘सरकारको नेतृत्वको दाबी गर्ने त क्षमतै भएको छैन । त्यो क्षमता जनताले दिएपछि दाबी पनि गरौंला ।’

अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x