१२ असार २०८३, शुक्रबार

जामा मश्जिद संचालन समितिको अध्यक्ष पदमा पहिलोपटक महिला दावेदार !

एसीपी संवाददाता

२ भाद्र २०८१, आईतवार १९:२१ मा प्रकाशित

जामा मश्जिद संचालन समितिको अध्यक्ष पदमा पहिलोपटक महिला दावेदार !
किन ? दावेदार शाहिदा शाह भन्छिन्,

मश्जिद संचालक समितिको अध्यक्ष पदका लागि नेपालकै इतिहासमा पहिलो पटक होला यसरी महिलाले अध्यक्ष पदका लागि सार्वजनिक रुपमा दावेदारी गरेको । सबले शोशलमीडियामा आ आफ्नो निकटको व्यक्तिलाई दावेदारको रुपमा पेश गर्दैछन् यसै बेला मैले मेरो पनि दावेदारी पेश गरे । तर धेरैलाई अपच भयो होला । आखिर एक महिला मश्जिद संचालक समितिको अध्यक्ष कसरी बन्न सक्छिन् । महिला त पर्दामा बस्ने जात हो । महिला मश्जिदमा नमाज पढ्दैनिन् भने अध्यक्ष किन बन्नु परो । हो जसले यस्तो सोचाई राखेकोछ उनीहरुसंगै म मश्जिदमा नमाज नपढ्ने कुरालाई जोडेर नै प्रश्न गर्न चाहन्छु । जब बेनमाजी पुरुष मश्जिदका संचालक समितिमा आबद्ध हुन सक्छन् । यस्ता व्यक्ति जो पांच वक्तको नमाज पढ्न कहिल्यै मश्जिद आउदैनन् तिनी पुरुष मश्जिद संचालक समितिमा पद ग्रहण गर्न सक्छन् भने मश्जिद नमाज न पढ्ने महिला किन नाईं? कहिले कुनै मश्जिद संचालक समितिमा बेनमाजी किन बस्ने भनी प्रश्न गर्ने आंट गर्नुभयो ? जवाफ छ भने अवश्य दिनुहोला ?

रह्यो कुरा पर्दाको त मश्जिदको हाताभित्र हुने कार्यक्रमहरुमा महिला मंचमा बस्दा खेरि पर्दाको स्मरण हुदैँन् ? जामा मश्जिदका अधिकांश पदाधिकारी राजनीतिक दल र संघसस्थासंग आबद्ध छन् । तिनीहरु आफ्नो दलको बैठक र संस्थाको मीटिंग र कार्यक्रम सहभागी हुदाँ मुस्लिम मात्र होईन् गैर मुस्लिम र नामेहरम महिलाहरुको बीच बसेर छलफल गर्दा पर्दाको स्मरण खोई त ?
यति मात्र होईन् नेपालगंजमा मदरसा चलाईरहेका जति पनि संस्थापक र अध्यक्ष छन् । तिनको बैठक हुदाँ गर्ल्स मदरसाका संस्थापक एंव महिला अध्यक्ष र पुरुष संस्थापक एंव अध्यक्ष मीटिंग तथा कार्यक्रममा महिला र पुरुष संगै बस्दा छलफल गर्दा त्यहाँ पनि आफ्नो फाईदाको कुरा रहेको हुदाँ पर्दाको स्मरण खोई ?
ईदगाहमा हजारौंको भीडमा महिला मन्त्री, महिला सांसद र नेतृहरुसंग मुबारकबाद साटासाट गरी आज ईदगाहमा फलाना महिला मन्त्री, फलाना महिला सांसद र फलाना महिला नेतृ भनेर फोटो खिचाएर हाल्दा पनि पर्दाको स्मरण रहदैँन् । जब जब आफ्नो कुरा आउँछ तब पर्दा बिर्सिने ?पुरुषहरुले आफ्नो मनमर्जी अनुसार तय गरेको यो पर्दाको लागि दोहोरो मापदंड होईन् र ?

आखिर नेक नीयतले राम्रो कामका लागि जामा मश्जिदको अध्यक्ष महिला भनी नौलो सुरुआत किन नगर्ने त ?
हाम्रोनेपालगन्ज ( नेपालगन्जन्युज.कम बाट  )

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x