१२ असार २०८३, शुक्रबार

जामा मस्जिद नेपालगन्जमा व्यापक भ्रष्टाचारको आरोप

एसीपी संवाददाता

२२ भाद्र २०८१, शनिबार ०८:३१ मा प्रकाशित

नेपालगन्ज दारुल उलुम फैजुन्न्नाबी जामा मस्जिद ईदगाह संचालक समितिमा व्यापक भ्रष्टाचार भएको शंका जताततै हुन थालेको छ । अहिले मुस्लिम समुदाय आक्रोशित हुदै पुरानो संचालक समिति माथी आरोप लगाउन थालेका हो । जामा मस्जिदको विघटित समितिले अहिलेसम्म २०७८ साल देखि कुनै पनि आर्थिक बर्षको रिपोर्ट तयार नगरेर साधारणसभा गर्दै आएको स्थानीयले बताएका छ्न । नेपालगन्ज स्थित स्थानीय अनलाइन खबरनेपालगन्जले विभिन्न मुस्लिम समुदाय संग गरेको कुराकानीमा प्रकाशित गरेको अन्तवार्ताका अनुसार आर्थिक बर्ष २०७८ ,देखि हालसम्म कुनै रिपोर्ट तयार नभएको र रकम हिनामिना गरेको आरोप लगाएका छ्न ।   २०८१ भाद्र २२ गते हुने भनिएको साधारणसभा आसोज ५ गतेको लागि सारिएको छ सो विषयमा नेपालगन्जका मुस्लिम समुदाय झन आकोस्रीत बनेका छ्न । आखिर पटक – पटक बार्शिक साधारणसभा भयो तर हिसाब किताब किन क्लियर भएन किन मौन बसे संचालक समिति र स्थानीय मुस्लिम जनता यो कुराको जिम्मेवारी कस्ले लिने । धर्मका नाममा ब्याक्ती विशेषले आफ्नो अनुकुल समिति बनाउने र व्यापक भ्रष्टाचारले मुस्लिम समुदायलाई अघात लागेको छ ।
नेपालगन्ज दारुल उलुम फैजुन्न्नाबी जामा मस्जिद ईदगाह संचालक समिति अध्यक्ष फिदा हुसेन अन्सारी र कोसाध्याक्ष नफिस अन्सारी , सदस्य ईर्फान सिद्दीकी लगाएत समितिले ठुलो घोटाला गरेको हुनसक्ने बताएका छ्न । यस बारेमा जिल्ला प्रशासन कार्यालय बाँके समेत उदासीन भएको आरोप स्थानीयले लगाएका छ्न । तदर्थ समितिका सयोजक तथा नेपाल उपमहानगरपालिका वडा अध्यक्ष आयुब सिद्दीकीले खबरनेपालगन्ज सङ कुरा गर्दै भर्खर साधारण सदस्यहरुको नामवली प्राप्त भएको बताउनु भयो । यो तयारी गरि रहदा ३ बर्षको आरडिट रिपोर्ट तयार नभएकोले साधारणसभा सारने समितिले निर्णय हुनसक्छ भन्नु भयो  । यता साधारणसभाको मिति सारदा स्थानीय मुस्लिम समुदायहरु आक्रोशित बनेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x