तमिल सिनेमाकी नायिका विलसनले गलत उपचारका कारण छालाकी डाक्टर (थि कटाक्ष
तमिल सिनेमाकी चर्चित नायिका रायजा विलसनले गलत उपचारका कारण सोसल मिडियामा एक छालाकी डाक्टर (छालारोग विशेषज्ञ) माथि कटाक्ष गरेकी छिन् । रायजाले उपचारपछि आफ्नो अनुहारको स्थिति खराब भएपछि डाक्टरका लागि सोसल मिडियामा मेसेज नै लेखेकी छिन् । उनले एउटा पोस्टमा छालारोग विशेषज्ञको नाम मेन्सन गर्दै उनलाई यो उपचारका लागि दबाब दिइएको बताइन् ।
रायजा विलसनले इन्स्टाग्राम स्टोरीमा एउटा क्लिनिक बाहिरको आफ्नो फोटो सेयर गर्दै लेखिन्, ‘हिजो एउटा साधारण फेसियलका लागि डाक्टरलाई भेटेँ । उनले मलाई एउटा फेसियल प्रक्रिया गर्न भनिन् जसको मलाई आवश्यकता नै थिएन । अब नतिजा यस्तो छ ।’
उनले आफ्नो पोस्टमा थप लेखिन्, ‘उनी आज मलाई भेट्न र कुरा गर्न अस्वीकार गरिरहेकी छिन् । कर्मचारीले उनी शहरभन्दा बाहिर गएको बताइरहेका छन् ।’
टिभीमा जुन अनुहारका कारण दर्शकलाई स्टारलाई चिन्छन्, त्यो अनुहार नै खराब हुँदा रिस उठ्नु त स्वभाविक नै हो । रायजा पनि आफ्नो अनुहारमाथि भएको गलत उपचार र त्यसपछिको समाधान नभेटेका कारण असाध्यै रुष्ट छिन् ।
उनले सेयर गरेको फोटोमा उनको आँखा मुनी सुन्निएको देख्न सकिन्छ । रायजाले इन्स्टाग्राम स्टोरीमा प्रशंसकले पठाएको मेसेजको स्क्रिनसट्स पनि सेयर गरिएको छ । उनी भन्छिन्, ‘मेरो इन्बक्स ती मानिसहरुको मेसेजले भरिएको छ जसले उनै छालारोग विशेषज्ञमार्फत् आफ्नो अनुहारको उपचार गराएपछि खराब नतिजा हासिल गरे । ’
रायजा विलसनले सन् २०१७ मा भेटाइला पट्टाधारी टुमार्फत् आफ्नो अभिनयको डेब्यू गरेकी थिइन् । उनले यसमा काजोलकी सहयोगी वसुन्धरा परमेश्वरनको भूमिका निभाएकी थिइन् ।
रायजाले बिग बस तमिलबाट चर्चा पाइन् । उनी कमल हासनद्वारा होस्ट गरिने रियालिटी शो बिग बस तमिलकी सबैभन्दा चर्चित प्रतियोगीमध्ये एक थिइन् । रातोपाटी



