तराई टप अनलाइन न्युज लाई आयो धम्कि
विश्वस्त मिडिया श्रोतको अनुसार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको जनमत पार्टी प्रति मौन समर्थन रहेको भनेर वैशाख ९ गते तराई टप सहित विभिन्न मिडियामाहरुमा समाचार प्रकाशित भएको थियो । ति समाचारको विषयलाई लिएर राजनीतिक वृतमा देखिएको हलचल र आधिकारीक विषयलाई लिएर धेरै खोजतलास गरियो । यसै सन्दर्भमा आफूलाई लोसपाको वरिष्ठ नेता बताउने व्यक्तिले फोन मार्फत तराई टपमा प्रकाशित समाचारको मौखिक रुपमा आधिकारिकता खोज्दै उपेन्द्र यादवको पक्षमा धम्कीपूर्ण कुरा गरे, तर यदी समाचार गलत हो भने प्रेस विज्ञप्ती निकाल्नुस वा राजेन्द्रजी संग कुरा गराउनुस भन्दा पनि उनी मौन बसे । तर अहिले सम्म लोसपा पार्टी वा वरिष्ठ नेता राजेन्द्र महतोबाट आधिकारी रुपमा उक्त समाचार गलत हो या सहि हो भने प्रतिक्रिया आएको छैनन । तराई टप ले आधिकारीक धारणालाई सर्वोपरी ठान्ने छ, तराई टपले नेपाली पाठक समक्ष कुनै भ्रामक समाचार वा कसैलाई लक्ष्ति गरेर कपोकल्पिक समाचार छाप्नमा विश्वास राख्दैन, सत्य, निष्पक्ष रुपमा जनता प्रति उत्तरदायी भएर निर्भिकता साथ तराई टप आफना पाठक समक्ष सधै समाचार पस्कन कटिबद्ध रहेको प्रष्ट पार्न चाहन्छौं ।
प्रभातकुमार झा
सम्पाकद
तराई टप


