नेपालगञ्जमा दुर्गा बिसर्जन कार्यक्रम सफलतापूर्वक सम्पन्न, अर्जुन शक्ति केन्द्रद्वारा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन
नेपालगञ्ज, बाँके — नेपालीहरूको महान् पर्व बडा दशैँ तथा शुभ विजयादशमीको अवसरमा आयोजित दुर्गा बिसर्जन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न भएसँगै अर्जुन शक्ति केन्द्र, नेपालगञ्जले कार्यक्रमलाई अनुशासित र भव्य रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।
केन्द्रका अध्यक्ष अनुप कुमार गुप्ता (वैश्य) द्वारा जारी धन्यवाद पत्रमा दुर्गा बिसर्जन कार्यक्रमलाई सफल बनाउन अतुलनीय योगदान पुर्याउने नेपालगञ्ज उप-महानगरपालिका वडा नं. ८ का अध्यक्ष विवेक बाजपेयी, समाजसेवी सोनू वर्मा, धमेन्द्र सोनी तथा नानू लखेरप्रति विशेष आभार प्रकट गरिएको छ।
त्यस्तै, कार्यक्रम सफल पार्न विभिन्न संघसंस्था, पाण्डालका बुद्धिजीवी, समाजका विभिन्न क्षेत्रबाट पाल्नुभएका अध्यक्ष तथा प्रतिनिधि, लाठी क्लबका संयोजक, खेलाडी, प्रहरी प्रशासन, पत्रकार तथा सुरक्षा निकायहरूले आ-आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको भन्दै संस्थाले प्रशंसा गरेको छ।
सुरक्षा निकाय तथा स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगकै कारण दुर्गा बिसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै संस्थाका अध्यक्ष गुप्ताले आगामी दिनहरूमा पनि यस्तै एकता, सहयोग र सहकार्यको अपेक्षा राखिएको बताउनुभएको छ।


