३० आश्विन २०८३, शुक्रबार

ताईवानको बारेमा मुख सम्हाले बोल्न अमेरिका लाई चिनियाँ चेतावनी

एसीपी संवाददाता

६ कार्तिक २०७८, शनिबार ०६:४१ मा प्रकाशित

६ गते कार्तिक २०७८ । एजेन्सी न्युज – चीनले ताइवानबारे कुनै किसिमको सम्झौता या छुटका लागि कुनै स्थान नरहेको बताएको छ । अहिले चीन र ताईवान् विच बिच बिवाद उत्कर्समा पुगेको छ । चीनले ताईवान माथी निरन्तर दबाव दिने कोसिस गरि रहेको छ ।

चीनको यो बयान अमेरिकी राष्ट्रपति जो बाइडेनको त्यो वक्तव्यपछि आएको छ जसमा उनले भनेका थिए– यदि चीनले ताइवानमाथि हमला गर्छ भने अमेरिकाले प्रतिरक्षा गर्नेछ । केही दिन पहिले अमेरिकी रास्ट्रपतिले ताईवानको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले नियमित पत्रकार सम्मेलनका क्रममा ताइवान चीनको हिस्सा रहेको दाबी दोहो¥याएका हुन् ।

उनले भने, ‘कुरा जब चीनको सम्प्रभुता र क्षेत्रीय एकता जस्ता प्रमुख हितका विषयको आउँछ तब कुनै किसिमको सम्झौता या छुटका लागि स्थान हुँदैन ।’

उनले कसैले पनि चिनियाँ सम्प्रभुता र एकता बचाउने आफूहरूको दृढ प्रतिबद्धता र बलियो क्षमतालाई कमजोर ठान्न नहुने चेतावनी दिए ।

एीब्ल्ःष्भिकतयलभ
हालैका हप्तामा चीन र ताइवानबीच तनाव बढ्दो क्रममा छ । चीनका लडाकू विमानले ताइवानको हवाई क्षेत्रमा अतिक्रमण गरेका थिए ।

पत्रकार सम्मेलनका क्रममा वेनबिनले भने, ‘ताइवान चीनको अविवादित अंग हो । ताइवानका मुद्दा पूर्ण रूपमा चीनको आन्तरिक विषय हुन् र यसमा कुनै किसिमको विदेशी हस्तक्षेप स्वीकार्य हुन सक्दैन ।’

उनले ताइवानबारे बोल्दा अमेरिकाले शब्द चयनका लागि सतर्क हुनुपर्ने बताए । ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ तर चीन उसलाई आफ्नो भू–भागको हिस्सा ठान्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x