१८ आश्विन २०८३, आईतवार

ताप्लेजुङमा बुधबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

एसीपी संवाददाता

१९ माघ २०७८, बुधबार ०८:२२ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज बुधबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबको सहभागिता रहनेछ ।

जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै आगामी प्रदेश लिगमा भाग लिने अवसर प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष बालचन्द्र साबाले बताए ।

समूहमा प्रगतिशील युवा क्लब, चाँगे माछापोखरी हिटी क्लब, सृजनशील सामाजिक युवा समाज, बिसीएस मेमोरियल क्लब, लालीमा क्लब, जलजले क्लब र मानाभरा स्पोर्टिङ युथ क्लब छन् ।

समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लब, कञ्चनजंघा फुङ्लिङ क्लब, मिशन युनाइटेड क्लब, नवप्रयास युवा क्लब, संघर्ष स्पोर्टिङ क्लब, वीरेन्द्र युवा क्लब र पाथीभरा युवा क्लब रहेको जिल्ला फुटबल संघले जनाएको छ । दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x