देश भनेको सरकार हो
ओम आचार्य
देश भनेको
सार्वभौम हुनु मात्रै देश होइन
देश भनेको
भुगोल हुनु मात्रै पनि देश होइन
00
दुइ देश विच
युध्द देखेका छौ
के देश आफै युध्द गर्छ?
युध्द त देशको सेनाले गर्छ!
सेना नै देश हो!
OO
देश कहिले कही
जन विद्रोहमा पर्छ
कहीले कही
देशमा जन विप्लव हुन्छ
त्यो देश विरुध्द हुदै होइन
त्यो सरकार विरुध्द हो
सरकार नै देश हो
सरकार नै राज्य हो
र
सरकार कहीले कही
व्याक्ती
कहीले कही
जनता विरुध्द लाग्छ
र
सरकार विरुध्द कहीले कही
द्वन्द हुन्छ
र छिमेकी देशले भन्छ
त्यो द्वन्द ग्रस्त देश !
00
भ्रस्टचार कसले गर्छ
भष्ट्रचार त सरकारले
त्यसका मातहाका निकायले गर्छ
र
अन्य देशले
त्यो देशलाइ भ्रष्टचारको सुचिमा राख्छन
00
देशको आफ्नो भुगोल हुनु मात्रै पनि देश होइन
देशको आफ्नो सेना प्रहरी हुनु मात्रै पनि देश होइन
देशको आफ्नो जनता हुनु मात्रै पनि देश होइन
देश हुनु त आफ्नो सरकार होस
पुर्ण सार्वभौमको सरकार होस
र मात्रै देश हो
र त्यस्तो देशको
देश अनुभव गर्न सकेको छैनौं!
सुखद अनुभती गर्न सकेको छैनौं



