दोश्रो चरणमा २० थपिदाँ शनिबार ४३ कोरोना संक्रमित

बाँकेमा शनिबार एकै दिन ४३ कोरोना संक्रमित थपिए / भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोभिड १९ कोरोना भाईरस परिक्षणमा १५ संक्रमित रहेका थएि भने दोश्रो चरण १८ गरी ३३ जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा गरिएको पहिलो चरणको परिक्षणमा समेत ८ जना साथै बागेश्वारी ल्याबमा गरिएको परिक्षणमा २ थपिदाँ शनिबार ४३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जनाउनु भयो ।

बाँकेमा ११ फर्किदा २३ थपिए कुल संक्रमित १५ सय ७०
दोश्रो चरणमा थपिएका २० जना बाँकेका रहेको बताएका हुन यस अघि नेपालगंज उपमहानगर पालिकाका ११ गरी ३१ जना, कोहलपुरका ४ जना , जानकी गाउँ पािलका २ जना ,बर्दिया बासगढीका ३ जना , कैलालीका १ र दाँगका २ जना रहेको श्रेष्ठले जानकारी दिए । यो सग्गै बाँकेमा कोरोना संक्रमितको संख्या १५ सय ९० पुगेको छ । यसै गरी बाँँकेमा ११ जना कोरोना संक्रमितहरु कोरोना जितर घर फर्किन लागेको श्रेष्ठले बताउनु भयो । कोरोना निको हुनेको संख्या १२ सय ३ पुगेको छ भने बाँकेमा हाल सम्म ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिले उपचाररत अवस्थामा ३ सय ७८ जना रहेका छन् ।





