१३ मंसिर २०८३, शनिबार

नारायणगढ–बुटवल सडक आयोजनाका गलत विवरण पेश गर्ने पदाधिकारीमाथि छानबिन गर्न निर्देशन

एसीपी संवाददाता

२९ माघ २०७८, शनिबार ००:३७ मा प्रकाशित

 बुटवल-नारायणगढ सडक बिस्तार आयोजनाको काम कछुवाको गतिमा अघि बढेको छ । शिलान्यास भएको झण्डै दुई वर्ष पुग्‍नै लाग्दासमेत सडक बिस्तारको काम २ प्रतिशतको हाराहारीमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेपछि सुरु भएको बिस्तारको काम अहिलेसम्म २ प्रतिशत मात्र काम सकिएको हाे । सुुरु भएको ४४ महिनामा काम सक्ने भन्दै प्रधानमन्त्री ओलीले बुटवलबाट शिलन्यास गरेको सडक निमार्णका जटिलताका विषयमा राज्य संयन्त्रकै असहयोग देखिएको छ ।

सडक निमार्ण सुरु गर्न थाले पनि वन, विधुत्, टेलिकम निकुञ्‍ज जस्ता सरकारी कार्यालयहरूकै असहयोगले आयोजनामा अवरोध पारेको देखिएको छ । त्यसो त अहिले कोभिड पनि बहाना बनेकाे छ ।
नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्‍नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्‍नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ ।
नारायणगढ-बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का इन्जिनियर मंसिर १५ सम्मको अवस्था हेर्दा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए ।

नारायणगढ–बुटवल सडक र मदन भण्डारी राजमार्गको वर्तमान अवस्थाबारे शुक्रबार आयोजित छलफलका क्रममा स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख भएभन्दा क्रमश: ५ सय ७६ प्रतिशत र ४ सय ४० प्रतिशत रुखहरु काटिनु परेकोले आयोजनाको काममा ढिलाई भएको भन्ने तथ्य पेस गरिएको छ । उक्त अवस्थामा आयोजनाको काम प्रभावित हुने भनेर गलत आंकडा पेस गर्ने र यो कार्यलाई स्वीकृत गर्ने जिम्मेवार पदाधिकारीमाथि छानबिन गर्न समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले देशको दुरगामी महत्व राख्ने राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रियस्तरका आयोजनाहरु निर्धारित समयमा सम्पन्न गर्न समयमै भुक्तानी नहुने समस्या रहेको बताइन् । यस्तो समस्याले आयोजनाको काम नै प्रभावित भएको देखिएकाले भुक्तानी समस्या अन्त्य हुनेगरी बजेट व्यवस्थापन गर्न र निर्माण सामग्री सहज उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक, अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोगलाई समितिले निर्देशनसमेत दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x