३ जेष्ठ २०८३, आईतवार

नेपालगञ्जमा डेजोय नेपालको शाखा विस्तार

एसीपी संवाददाता

२ जेष्ठ २०८३, शनिबार १५:५२ मा प्रकाशित

दिनेश ठाकुर । नेपालगञ्ज, जेठ २ ग्ते – डेजोय नेपालको शाखा नेपालगञ्जमा शुभारम्भ गरिएको छ । डेजोय नेपालको विस्तारित शाखाको आज, विहीबार सुर्खेतरोड वेस्टर्न मार्ट तल्लो तलामा एक समारोहबीच शुभारम्भ गरिएको हो । स्वास्थ्य, सौन्दर्य, समृद्धि, सफलता अनि रोजगार नारासहितको डायरेक्ट सेलिङ कम्पनी डेजोय स्वास्थ्य, सौन्दर्य वेलनेस र घरेलु उत्पादनहरुमा केन्द्रीत रहदै आएको छ । डेजोय नेपालका प्रवन्ध निर्देशक विरेन्द्रराज उपाध्यायले रिबन काटेर नयाँ शाखाको उदघाटन गर्नुभएको हो ।
प्रवन्ध निर्देशक उपाध्यायले डेजोयको प्राकृतिक र गुणस्तरिय उत्पादनहरु मार्फत जीवन शैली सुधार्ने मुख्य ध्येय रहे पनि रोजगारी र आय आर्जन सिर्जना गर्ने सशक्त माध्यम पनि बन्दै गएको बताउनु भयो । डेजोयको हर वस्तु क्रेताले छुट्टै नाफा कमाउन सक्नुका साथै टिम बनाएर अघि बढन सक्ने पनि उहाँले खुलासा गर्नु भयो ।
फाइटो एटोमिट कार्यकारी प्रमुख नेपाल कन्ट्री हेड दिपक शर्माले व्यवसायमा महिला अग्रसरताले बेराजगार महिलालाई व्यवसाय र रोजगार प्रवद्र्धनमा मद्यत पुगेको विश्वास व्यक्त गर्नु भयो ।
डे जोय नेपालका टप ट्रेनिङ लिडर महेन्द्रराज शाहीले डेजोय नेपालका उत्पादित सामाग्री, व्यवसाय प्रवद्र्धन लगायतका विविध पाटोमा प्रस्तुति दिनु भयो ।

डेजोय नेपालका डायमण्ड स्टार टप लेडिज तुल्सीदेवी श्रेष्ठद्धारा स्वागत गरिएको कार्यक्रममा डेजोय नेपालका टप लिडर ब्लु डायमण्ड स्टार ऋषिराम डुम्रे, नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्त कनोजिया लगायतले शुभकामना दिनु भएको थियो ।
प्रो प्राइटर लालिमा मल्लले गुणस्तरिय वस्तु÷सामाग्री खरिदमा उपभोक्ता सचेत बन्दै गइरहेको भन्दै आम्दानी बढाउन सक्ने माध्यमका रुप लिन पनि आहवान गर्नु भयो । स्वास्थ्य तथा व्यक्तिगत हेरचाह, सौन्दर्य उत्पादनका सामान र खानेतेल लगायत घरेलु उत्पादन सामाग्रीहरु राखिएका छन् । थेरापिस्ट समेत रहनु भएकी मल्लले सोही शाखामा विभिन्न थेरापी यन्त्रमार्फत पनि सेवा प्रदान गरिरहनु भएको छ । शाखा उदघाटनले स्थानीय ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x