१९ आश्विन २०८३, सोमबार

नेपालगन्जमा श्रम संस्कृति पार्टीको पहिलो नगरस्तरीय श्रमदान कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

१८ आश्विन २०८३, आईतवार २३:४० मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, असोज १८ — श्रम संस्कृति पार्टी बाँकेले नेपालगन्ज उपमहानगरपालिका स्तरमा पहिलो पटक नगरस्तरीय श्रमदान कार्यक्रम सम्पन्न गरेको छ। पार्टीले यसअघि जिल्लाका विभिन्न स्थानमा श्रमदान अभियान सञ्चालन गर्दै आए पनि नेपालगन्ज उपमहानगरपालिकामा भने पहिलो पटक श्रमदान कार्यक्रम आयोजना गरेको हो।

नेपालगन्ज उपमहानगरपालिकाका नगर श्रम संयोजक मो. इम्तियाज राईको अध्यक्षतामा वडा नं. ४ न्यू रोडस्थित बौद्ध गुम्बा परिसरमा शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्म सरसफाइ श्रमदान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ श्रमदाता तथा केन्द्रीय सदस्यमा सिफारिस राजन रानामगर, कस्मिरा खातुन, संगठन विभाग संयोजक गगन सिंह थापामगर, प्रचार–प्रसार विभाग संयोजक मो. रहिस हलवाई, जिल्ला सचिव दण्ड प्रसाद शर्मा, जिल्ला सदस्य लालमाया थापा तथा श्रमदाता उषा गौतम, मञ्जु बानियाँ, स्वेता रानामगर, शान्ती चौधरी लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी बौद्ध गुम्बाका अध्यक्ष नूरी शेर्पा, कोषाध्यक्ष पेम्बा शेर्पा, गुरुङ समाज बाँकेका अध्यक्ष शेरबहादुर गुरुङ र पूर्वअध्यक्ष भीम गुरुङ लगायतको पनि कार्यक्रममा सक्रिय सहभागिता रहेको जनाइएको छ।

समय अभावका कारण गुम्बा परिसरको सरसफाइ कार्य पूर्ण रूपमा सम्पन्न हुन नसकेपछि बाँकी कामलाई आगामी शनिबार निरन्तरता दिने गरी शनिबारको श्रमदान कार्यक्रम स्थगित गरिएको पार्टीले जनाएको छ।

श्रम, श्रमदान तथा सामाजिक सेवामार्फत स्थानीयस्तरमा सकारात्मक गतिविधिलाई अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमबाट नेपालगन्जमा श्रम संस्कृति अभियानको नगरस्तरीय सुरुवात भएको पार्टीको भनाइ छ। आगामी दिनमा अभियानलाई थप व्यवस्थित र निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।

श्रम संस्कृति पार्टी बाँकेका जिल्ला उपाध्यक्ष तथा प्रचार–प्रसार विभाग संयोजक मो. रहिस हलवाईले नगरस्तरमा श्रमदान अभियानलाई निरन्तरता दिँदै सामाजिक सेवाका गतिविधिलाई विस्तार गरिने बताउनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x