१३ जेष्ठ २०८३, बुधबार

नेपालमा अवैध कल बाइपासमा सक्रिय बंगलादेशी गिरोह खोज्नेक्रममा एक जना पक्राउ

एसीपी संवाददाता

१३ जेष्ठ २०८३, बुधबार ०९:१७ मा प्रकाशित

नेपालमा अवैध कल बाइपास(भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्नेक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।

२०६६ बाट नेपालमा अवैध कल बाइपासका घटना बढेपछि २०६७ बाट दूरसञ्चार सेवा प्रदायकहरूसँगको समन्वयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘भोइस फक्स’ नाम राखेर विशेष अप्रेसन चलाएको थियो।

तत्कालीन समयमा बंगलादेशमा सेनाले नै कल बाइपासमा सक्रिय संगठित गिरोह विरुद्ध विशेष अप्रेसन चलाएपछि गिरोहका सदस्यहरू भागेर नेपाल भित्रिएको र उनीहरूले उतैको प्रविधि भित्र्याएर नेपालबाट धन्दा चलाएको सूचनाको आधारमा सिआइबीले सुरु गरेको विशेष अप्रेशनकोक्रममा कुमार व्यञ्जनकार २०६७ पुस ११ मा कुपन्डोलबाट पक्राउ परेको उकेराको खोजमा प्रमाण फेला परेको हो।

त्यो बेलामा उनी चेरी वर्ल्ड कम्युनिकेसनको मेनेजिङ डिरेक्टर थिए। प्रहरीले २०६७ पुस ११ मा बालुवाटार, लाजिम्पाट, जोरपाटीको टुसाल र महाराजगन्जमा शृङ्खलाबद्ध छापा मार्दा उनी पनि समातिएका थिए।

छापा मार्नेक्रममा पहिला मोजाम मोहम्मद, मोहम्मद सोराबुजामान र मोहम्मद सालेह अहमद नामका बंगलादेशी नागरिक पक्राउ परेका थिए।

यो गिरोहबाट प्रहरीले अवैध कल बाइपासका लागि ४ हजार ५ सय २८ वटा एनसेलको सिम, ५ सय १३ वटा नेपाल टेलिकमको सिमसहित बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरू बरामद गरेको थियो।

अनुसन्धानमा गिरोहले अवैध कल बाइपास गराएर एक सिमबाट एक महिनामा चार लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको खुलेपछि प्रहरीले उनीहरुविरुद्ध ८२ करोडको मागदावी लिइएको थियो। त्यसैको एक आरोपी थिए व्यञ्जनकार।

यही समूहको अनुसन्धानकोक्रममा उनीहरूलाई इन्टरनेट सुविधा उपलब्ध गराउने कम्पनीहरू समेत जोडिए। अनुसन्धानमा अवैध रूपमा कल बाइपासका लागि बाहिरबाट आएको कल दूरसञ्चारको औपचारिक नेटवर्क छलेर प्रयोगकर्ताको सिममा पठाउनका लागि कल टर्मिनेटर उपकरण, युपिएस, कम्प्युटर वा ल्यापटप, सिम रिचार्ज कार्ड आवश्यक पर्छ नै।

सामान्यतया घरमा प्रयोग गर्नका लागि न्यून गतिको इन्टरनेट सुविधा भए पनि पुग्छ। तर यस्ता उपकरणमा राखिएका धेरै सिमहरूबाट एकै पटक कलहरू फरवार्ड गरेर कलबाइपास गराउन उच्च गतिको इन्टरनेट आवश्यक पर्छ जुन प्राय कर्पोरेट सुविधाको रूपमा कार्यालयहरूले मात्र लिने गर्थे।

अनुसन्धानकोक्रममा कल बाइपासमा संलग्न गिरोह रहेको घरमा इन्टरनेट सेवा प्रदायकहरूले सामान्य स्पिडको नभई २४ घन्टै चल्ने उच्च गतिको इन्टरनेटको सुविधा दिएको खुलेको थियो।

अनुसन्धानमा इन्टरनेट सेवा प्रदायकहरूले मल्टी राउटर्स ट्राफिक ग्राफको आधारमा उपभोक्ताले इन्टरनेट कुन प्रयोजनमा प्रयोग गरिरहेका छन् भन्ने जानकारी पाएको, यस्ता गिरोहका लागि उच्च गतिको इन्टरनेटको सुविधा दिँदा अन्यको तुलनामा दोब्बरसम्म शुल्क लिएको खुलेपछि सिआइबीले सञ्चालक र यसमा संलग्न हुनसक्ने कर्मचारीहरूलाई समेत पक्राउ गरेको थियो।

यो प्रकरणमा इन्टरनेट सेवा प्रदायकहरूसहित १२ जना नेपाली जोडिएका थिए। त्यही १२ मध्ये कुमार व्यञ्जनकार समेत एक थिए।

अनुसन्धानकोक्रममा पाँचवटा आइएसपीले कल बाइपासमा संलग्न गिरोहका लागि प्रक्रिया मिचेर उच्चगतीको इन्टरनेट सुविधा दिएको लगायतको संलग्नता देखिएको भन्दै प्रहरीले ती कम्पनीमा संलग्न ६ जना सञ्चालकहरूलाई पक्राउ गरेको थियो।

त्यो बेलामा व्यञ्जनकार (बेन) चेरी वर्ल्ड कम्युनिकेसनको मेनेजिङ डिरेक्टरका रूपमा संलग्न थिए। प्रहरीले उनलाई अवैध कल बाइपासका लागि बंगलादेशी गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरेकोबारे उनको छिमेकीहरू समेत जानकार देखिए।

प्रहरीले त्यो बेलामा उनीसँगै निलेश रत्न स्थापितलाई समेत पक्राउ गरेको थियो। अर्का राजाराम पन्थीलाई समेत प्रहरीले अवैध कल बाइपासका लागि बंगलादेशी गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेको थियो।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x