१२ कार्तिक २०८३, बुधबार

नेपालीहरु भ्रममा छन चिनियाँ दूतावास

एसीपी संवाददाता

१ माघ २०७८, शनिबार ०२:०१ मा प्रकाशित

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण नगरेको दोहोर्‍याउँदै कोही पनि नेपाली नागरिक यो भ्रमबाट मुक्त हुनुपर्ने टिप्पणी गरेको छ ।
चीनले नेपालको भूमि अतिक्रमण भएको, नाकाबन्दी गरेको, नेपाली विद्यार्थीलाई चीन फर्किन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पछिल्लो समय विरोध प्रदर्शन भइरहेका बेला चीनले भूमि अतिक्रमण नगरेको दोहोर्‍याएको हो ।

चीन विद्यार्थी पठाउने एजेन्टहरुको समेत बिचल्ली


नेपालस्थित चिनयाँ दूतावासका प्रवक्ताले बिहीबार चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार सही नभएको दोहोर्‍याए र ‘दुबै मुलुकका विदेश मन्त्रालयका अधिकारीले सीमासम्बन्धी विषयमा राम्रोसँग कुराकानी गर्दै आएका छन्’, दूतावासका प्रवक्ताले भनेका छन्, ‘कोही पनि नेपाली नागरिक गलत समाचारबाट भ्रमित हुनु हुँदैन ।’

 

के हाम्रा छोराछोरीले चीनमा पढेकाले दुःख भोग्नुपर्ने हो ?


नेपाल र चीन परम्परागत मित्र रहेको र सन् १९६० को दशकदेखि नै सीमासम्बन्धी विषयलाई मैत्रीपूर्ण छलफलमार्फत् सम्बोधन गर्दै आएको पनि उनले प्रस्ट पारेका छन् ।

 

‘चीन र नेपाल पहिलादेखि नै मित्रवत छिमेकी हुन्’, चिनियाँ दूतावासका प्रवक्ताले उनले भने, ‘चीनले सधैं शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पालना गर्छ, नेपालको सार्वभौम एवं भौगोलिक अखण्डताको सम्मान गर्छ र समानता, आपसी हित एवं एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपका आधारमा द्धिपक्षीय मैत्रीपूर्ण सम्बन्ध विकास गर्छ ।’

नेपाललाई आवश्यकताको बेला चिनले सधैं पेल्न खोज्दा नेपालीमा रिस


 

‘नेपालस्थित चिनियाँ दूताबासले १९६० को दशकदेखि नै मैत्रीपूर्ण छलफलमार्फत् चीन र नेपालले सीमा समस्या समाधान गर्दै आएको कुरा बारम्बार प्रस्ट्याएको छ’, दूतावासको सूचनामा भनिएको छ, ‘हाल कुनै विवाद छैन ।’
चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वपूर्ण साझेदार मान्ने र नेपाललाई प्रदान गर्ने सहायतामा कुनै राजनीतिक शर्त नजोड्ने गरेको पनि दूतावासले उल्लेख गरेको छ । कोभिड-१९ महामारी सुरु भएयता देखि नै आफूहरूले नेपालाई खोप, लिक्विड अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गर्दै आएको पनि दूतावासको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x