४ असार २०८३, बिहीबार

नेपाल पत्रकार महासंघ र नेपालगन्ज उद्योग बाणिज्य संघ बिच सहकार्यको लागि सम्झौता

एसीपी संवाददाता

११ श्रावण २०८२, शनिबार ११:३० मा प्रकाशित

नेपालगन्ज – संचारमाध्यम र निजी क्षेत्रसंगको सम्बन्ध तथा सहकार्यका बारेमा गहन छलफल गरिएको छ । संचारमाध्यमले निजी क्षेत्रको महत्व बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएपनि सहकार्य र समन्वयमा कमी रहेको छलफलका वक्ताहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले निजी क्षेत्रले संचारमाध्यमसंग नङ्ग र मासुको जस्तोगरी सम्बन्ध निर्माण गनुपर्ने बताए । जबसम्म एक आपसमा एकअर्काको सहयोग आदान प्रदान नहुँदाससम्म अवस्था सुधार गर्न गाह्रो हुने बुझाइ स्थापित गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा गरिएको मिडिया र निजी क्षेत्र सहकार्य र सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रमलाई नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको थियो । संचारकर्मीहरुले निजी क्षेत्रले पत्रकार र पत्रकारितालाई आफ्नो साथीको रुपमा स्वीकार गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले संचारमाध्यमसंगको सम्बन्ध सुधारका लागि निजी क्षेत्र अग्रसर हुने बताउनुभयो । साथै उहाँले निजी क्षेत्रलाई संचारकर्मका माध्यमबाट असहज वातावरण सृजना गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

‘कतिपय संचारमाध्यमबाट कहिले काँही यस्ता गतिबिधि हुने गर्छ,’ अध्यक्ष धामीले भन्नुभयो, ‘निजी क्षेत्रको गल्तीलाई औल्याउँने संचारमाध्यमको कर्म नै भएकाले त्यसको आडमा नकारात्मकतालाई बढी जोड दिने कुरालाई सोच्न हुँदैन ।’

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निजी क्षेत्रसंगको सम्बन्ध र सहकार्य बढाउन तथा यहाँको विकासमा संचारमाध्यमले खेल्न सक्ने भूमिकालाई पहिल्याउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यसले यहाँको चौतर्फी विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालगन्ज चेम्बर अफ कमर्सका सतिष कुमार अग्रवाललगायतको उपस्थिति रहेको कार्यक्रमले मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता जारी गरिएको छ । कार्यक्रममा बाँकेका संचारमाध्यमका प्रतिनिधिति, संचारकर्मी, निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x