४ असार २०८३, बिहीबार

पाकिस्तान पुनः टुक्रिने हो ? बलुचिस्तानले गर्‍यो स्वतन्त्रताको घोषणा

एसीपी संवाददाता

१५ जेष्ठ २०८२, बुधबार १३:५६ मा प्रकाशित

पाकिस्तान टुक्रिने संकेत? बलुचिस्तानले गर्‍यो स्वतन्त्रताको घोषणा, के नयाँ देश बन्छ? यस्तो छ अन्तर्राष्ट्रिय नियम

बलुचिस्तानले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेपछि “के पाकिस्तान टुक्रिन्छ?” भन्ने प्रश्न फेरि चर्चामा आएको छ। बलुच नेता मिर यार बलुचले बलुचिस्तान स्वतन्त्र भएको र संयुक्त राष्ट्रसंघलाई शान्ति सेना पठाउन अपिल गरेका छन्। उनले पाकिस्तानको हिंसा र मानवअधिकार उल्लंघनको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन्।

तर, कुनै नयाँ देश बन्न अन्तर्राष्ट्रिय चार आधारभूत मापदण्ड चाहिन्छ — स्थायी जनसंख्या, निश्चित भूभाग, प्रभावकारी सरकार र सार्वभौमसत्ता। यति मात्र होइन, अन्तर्राष्ट्रिय मान्यता पनि अनिवार्य छ। संयुक्त राष्ट्रसंघबाट मान्यता पाउन सुरक्षा परिषद्को सिफारिस र महासभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ।

अब प्रश्न उठ्छ: के बलुचिस्तान पाकिस्तानबाट अलग भएर नयाँ देश बन्न सक्छ ? । झापा बुलेटिन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x