प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरतातर्फ जानबाट रोकेको प्रधानमन्त्री ओलीको दाबी
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरिएपछि पार्टीमा उत्साह बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले तीन महिनाभित्रमा आफ्नो विरोधमा रहेका पुष्पकमल दाहाल र माधव नेपाललाई नागरिक समाजको कित्तामा पुर्याइदिने धम्की दिनुभएको छ ।
बिहीबार नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरिएपछि पार्टी अनुशासित रुपमा अघि बढेको र उत्साह पनि थपिएको बताउनुभयो ।
नेपाल-भारतको ‘छिमेकी पहिलो’नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदार
उहाँले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताउनुभयो । उहाले नेकपाको प्रचण्ड–नेपाल समूहले सूर्य चिन्हबाट चुनाव लड्न नपाउने दाबी पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बाग्मती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको जानकारी पनि गराउनुभयो ।
प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गर्दै उहाँले पार्टीमा शुद्धीकरण अभियान चलेको र यसबाट पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहीनता र स्वार्थी प्रवृति किनारा लागेको बताउनुभयो ।
बाँकेमा दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै
उहाँले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताउनुभयो । अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताउनुभयो । सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गर्नुभयो । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको उहाले बताउनुभयो ।
नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाउनुभयो ।



