१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणमा , भारतिय सेनाको मानार्थ सेनापतिका रूपमा सुसोभन हुने

एसीपी संवाददाता

१२ कार्तिक २०७८, शुक्रबार ०१:०५ मा प्रकाशित

१२ गते कात्तिक २०७८ । प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ देखि २६ सम्म भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ । उनलाई भारतीय सेनाको मानार्थ प्रधानसेनापतिका रूपमा राष्ट्रपति रामनाथ कोविन्दबाट सुशोभन गर्ने कार्यक्रम छ । नेपाल – भारत सेना बिच ईतिहासिक सम्बन्ध रहदै आएको छ । प्रधानमन्त्री सेनापतिको यो पहिलो विदेश भ्रमण हो। 
भारतीय समकक्षी मनोजमुकुन्द नरवणेको निम्तोमा उनी जान लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । नेपालका सेनापतीलाई भारतले मानार्थ सेनापती र भारतले नेपाली सेनापतीलाई मानार्थको पद दिदै आएका छन ।
नेपाली सेनाको प्रधानसेनापतिलाई भारतीय सेनाका सर्वोच्च कमान्डर अर्थात भारतका राष्ट्रपतिबाट र भारतीय सेनाको तीन प्रभागमध्ये प्राय: स्थलसेना प्रमुखलाई नेपालका राष्ट्राध्यक्षले मानार्थ महारथी दर्जा दिने परम्परा छ । भारतीय सेनामा स्थलसेना, जलसेना र वायुसेना गरेर तीन प्रभाग र तीन प्रमुख हुन्छन् ।
मानार्थ पदवी दिने प्रचलन ऐतिहासिक र पुरानो हो । ‘सैनिक अभिलेखअनुसार सबैभन्दा पहिले स्वतन्त्र भारतका जनरल केएन करिअप्पालाई सन् १९५० मा नेपालमा मानार्थ महारथी पद्वी प्रदान गरियो । नेपालका सेनाका सुरेन्द्रबहादुर शाहलाई २०२६ सालमा महारथी दर्जाले सम्मानित गरिएको थियो ।’
अहिलेसम्म २३ जना भारतीय सेना प्रमुखले नेपालको मानार्थ पदवी ग्रहण गरिसकेका छन् भने १८ जना नेपालका सेना प्रमुखले भारतमा यो पदवी ग्रहण सकेका छन ।
मानार्थ पदवीको चलन सुरु हुँदा हाम्रो सेना आधुनीकरण भएको र ब्यारेकमा बस्ने खालको संरचना थिएन । ब्रिटिस सन् १९५० मा भारत छाडेर गएपछि र भारतबाट पाकिस्तान स्वतन्त्र भएपछि नेपाल र भारतको सम्बन्धमा शीतयुद्ध सुरु भइसकेको थियो । चीनमा कम्युनिष्ट पार्टीले सन् १९४९ मा सत्ता हातमा लिएको थियो ।
विश्वयुद्ध सुरु भएको समयमा उपनिवेश बनाउने संरचना थियो । शान्ति र मैत्री सम्बन्धका लागि देशका बीचहरुमा सन्धि हुन थाल्यो । भारतले नेपालतर्फ ध्यान बढायो । त्यो बेला नेपाली सेनालाई आधुनीकीकरण गर्न भारतले गरेको सहयोगसँगै यो परम्परा थालनी गरियो ।’
नेपाल र भारतले एक अर्को देशको सेना प्रमुखलाई मानार्थ पदवी दिने परम्परा एक शताब्दीभन्दा लामो छ । भारतमा ब्रिटिसको कोलोनी रहेको समयमा नेपालस्थित ब्रिटिस रेजिडेन्टले नेपालमाथि आँखा गाडेका थिए ।
त्यस बखत त्यहाँका सेना प्रमुखले रेजिडेन्टको योजनासँग असहमत भई नेपालको स्वतन्त्रता कायम राख्न भूमिका निर्वाह गरेकोले नेपालले सेना प्रमुखलाई मानार्थ पदवी दिएको थियो । यही परम्परा भारत स्वतन्त्र भएपछि पनि निरन्तर कायम रह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x