१ कार्तिक २०८३, शनिबार

फिलिपिन्स माथी चिनियाँ दादागिरी , डुङ्गाहरूमा पानीको तोप चलाएको आरोप

एसीपी संवाददाता

१२ मंसिर २०७८, आईतवार ०८:५१ मा प्रकाशित

१२ गते मङ्सिर २०७८ ।  फिलिपिन्सले बिहीबार चिनियाँ कोस्ट गार्ड जहाजहरूले विवादित दक्षिण चीन सागरमा फिलिपिनो मरीनहरूलाई आपूर्ति गर्ने डुङ्गाहरूमा पानीको तोप चलाएको आरोप लगाएको छ।

फिलिपिन्सले बेइजिङलाई पछि हट्नसमेत आदेश दिएको छ। फिलिपिन्सका विदेशमन्त्री टियोडोरो लोकसिनले घटनाप्रति आक्रोश व्यक्त गर्दै बेइजिङको निन्दा र विरोध व्यक्त गरेका थिए।

उनले मंगलबार फिलिपिन्सको डुङ्गाहरू विवादित स्प्रेटली टापुको दोस्रो थोमस शोलमा यात्रा गरिरहेको बेला चिनियाँ जहाजहरुले पानीको तोप प्रहार गरेको बताएका हुन्।

सौभाग्यवश, कसैलाई चोटपटक नलागेको उल्लेख गर्दै डुङ्गाहरूले उनीहरूको पुनः आपूर्ति अभियान रद्द गर्नुपरेको जानकारी गराएका छन्। उक्त अवैध क्रियाकलापमा तीन चिनियाँ जहाजको संलग्न भएको आरोप लगाएका छन्।

लोकसिनले फिलिपिन्सका डुङ्गाहरूलाई सार्वजनिक भनी वर्णन गरेका छन् र उनीहरू नागरिक जहाजहरू भएको बताइएको छ। उनीहरूलाई संयुक्त राज्य अमेरिकासँग पारस्परिक रक्षा सम्झौताले कभर गरिएकोसमेत बताइएको छ।

चीनसँग यी क्षेत्रहरूमा र वरपर कुनै कानुन प्रवर्तन अधिकार नभएकोसमेत बताइएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुईवटा फिलिपिनो आपूर्ति डुङ्गाहरू चीनको सहमति बिना शोल नजिकैको पानीमा प्रवेश गरेको र यसको तटरक्षकले चीनको सार्वभौमसत्ताको रक्षा गर्न कानुनी रूपमा काम गरेको बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x