१३ असार २०८३, शनिबार

फूलबुट्टे सारी’ गीतको ‘फिमेल भर्सन’ युट्युबमा छोटो समयमै दुई करोड भ्यूज

एसीपी संवाददाता

३ माघ २०७७, शनिबार ०६:४७ मा प्रकाशित

फाइल तस्बिर

बहुचर्चित ‘फूलबुट्टे सारी’ गीतको ‘फिमेल भर्सन’ युट्युबमा छोटो समयमै  दुई करोड भ्यूज नाघ्न सफल भएको छ। युट्युबमा सार्वजनिक भएको ३९औं दिनमा‍ हिजो बिहिबार गीतको भिडिओ भ्यूज दुई करोड पुगेको हो।

राजनराज शिवाकाेटीको शब्द तथा संगीत रहेको गीतको फिमेल भर्सन मिलन नेवारले गाएकी हुन्। दुई करोड भ्यूज नाघेको खुसी साट्दै गीतका संगीतकार तथा रचनाकार शिवाकोटीले बिहीबार राति फेसबुक स्टाटस लेखेका छन्।

‘तपाईंको प्रिय गीत फूलबुट्टे सारी’ आज ३९ दिनमा युट्युबमा २ करोड प्लस हेरिएको छ। बधाई छ सम्पूर्ण दर्शक स्रोता अनि यस गीतमा संलग्न सबै जनालाई,’ उनले लेखेका छन्। 

‘फूलबुट्टे सारी’ गीत दुई हप्तामै एक करोड भ्युज कमाउन सफल गीत हो। छिटै करोड भ्युज नाघेजस्तै गतिमा दुई करोड पुगेको खुसीमा गायिका मिलनले फेसबुक पोस्टमा लेखेकी छिन्, ‘३९ दिनमा फूलबुट्टे सारीको भ्यूज दुई करोड प्लस। यो हार्दिक माया र साथका लागि मेरा शुभचिन्तकहरुलाई धन्यवाद!’

‘फूलबुट्टे सारी’ राजनराजको शब्द-संगीतमा १२ वर्षअघि रेकर्ड भएको गीत हो। धेरैपछि टिकटकबाट हिट भएको यो गीत गायक मार्मिक लामाले गाएका थिए। सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x