१२ असार २०८३, शुक्रबार

बलात्कार माथि राजनीति चैं किन ?

एसीपी संवाददाता

२० बैशाख २०८१, बिहीबार ०७:२४ मा प्रकाशित

सबैलाई थाहा छ बलात्कार जसले गरोस्,जहाँ गरोस्, जतिबेला गरोस् त्यो ब्यवहारीकरुपमा अमानविय कृयाकलाप र कानुनी रुपमा जघन्य अपराध हो ।
हामि सबैलाई थाहाभएकै कुराहो पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु अत्यधिकरुपमा बढीरहेको छ ।
बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई बचाउन या घटनालाई अतिरन्जित बनाएर आफ्नो राजनैतिक लक्ष्य पुरागर्ने उदेश्य दुवै गलत हुन् ।
हरेक घटनाको ब्यक्तिगतरुपमा धारणा प्रस्तुत गर्ने अधिकार सबैलाई छ तर सबै दोष सत्ता पक्ष या सरकार माथि थोपरेर आफु पन्छिनेछुट कोहि कसैलाई पनि छैन ।
हो नैतिकताको आधारमा हरेक घटनाको जिम्बेवारी वहालवाला सरकारले लिनै पर्छ , त्यसो भन्दैमा सामाजिक संजाल मार्फत न्यायधिश बन्ने छुट कसैलाई पनि छैन ।
धैरै अगाडी देखिको कुरा गनैृ पर्दैन नेपालमा गणतन्त्र आएपछि बनेका सबै सरकारको पालामा केहिन केहि घटनाहरु घटेकै छन् ,के त्यति बेलाका सबै सरकारले ति घटनामा आफ्नो नैतिकता देखाएको छ त ?
यो ब्यवस्थामा बोल्न पाईन्छ भन्दैमा जेपायो त्यहि बोल्दा भोलिको पनि ख्याल गर्न जरुरी छ । प्रश्न गर्नु मात्र महानता होईन । त्यसको उत्तर दिन सक्ने हैसियत बनाएर प्रश्न गर्ने बानि बसालौं ।
गलत लाई गलत भन्ने नै हो तर हामिले पनि साजिकरुपमा घटेका घटनाहरुको नैतिक जिम्बेवारी लिने हिम्मत गर्नु पर्छ ।
घटना बर्दियामा घटोस् या चितवनमा त्यो यहि सामाजिक मनोविज्ञान र चरित्रमा आधारीत भएर घटेको हो भन्ने भुल्नु हुन्न ।
चितवनको एक स्कुलमा रहेको होस्टलमा भएको घटनाले विद्यालय जस्तो पवित्र ठाउँमा समेत हाम्रा चेलीहरु शुरक्षित छैनन् भन्ने देखाएको छ ।
अब घटना कानुनी मोडमा पुगेको तथा विद्यालयका सम्बन्धित ब्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको अवस्थामा हामि मिडियाकर्मी,समाजसेवी,महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरुले प्रशासनले गरिरहेको अनुसन्धानलाई सघाउने तथा त्यस भित्र घुसपैठ हुनबाट बचाउँदै पिडितले उचित न्याय पाउने वातावरण तयार गर्न लाग्नु पर्दछ ।
पिडक जो कोहि भएपनि उम्कन नदिन शुक्ष्मरुपमा त्यसको खवरदारी जारी राख्नु पर्दछ ।
आज चितवनमा घटेको घटना भोलि हाम्रै घरमा घट्न सक्ने तर्फ सजग रहँदै हाम्रा समाजमा भएका त्यस्ता कोहि शंकास्पद ब्यक्तिहरु भए तिनिहरुको निगरानी गर्दै कानुनी उपचारको लागि आवश्यक पहल समेत गर्नु पर्दछ ।
पिडक र पिडित दुवै यहि समाजका उत्पादन भएकाले यो समाजलाई कसरी मानव मैत्री बनाउन सकिन्छ भन्ने तर्फ ध्यान जानु आजको आवश्यकता हो नकी घटनाको राजनैतिक करण र पिडकलाई संरक्षण गर्नु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x