२० श्रावण २०८३, बुधबार

भारतको कस्मिर भएको हत्याको नेपालका विभिन्न स्थानमा विरोध र श्रद्धाञ्जली सभा

एसीपी संवाददाता

१२ बैशाख २०८२, शुक्रबार १९:०९ मा प्रकाशित

नेपालगन्ज –  भारतको काश्मिर स्थित पाहलगममा भएको आतंककारी हमलामा नेपालीसहित २६ हिन्दु पर्यटकको गोली हानी हत्याको विरोधमा नेपालका विभिन्न स्थान र शहरमा विरोध र श्रद्धाञ्जली सभा गरिएको छ । भारतको कश्मिरमा भएको आतंकवादी हमलामा मारिएकाहरूप्रति बाँकेको नेपालगन्जमा बिहिबार विरोध तथा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेपालगन्जस्थित त्रिभुवन चोकमा मतक नेपाली सुदीप न्यौपाने लगायत सम्पूर्ण मृतकको सम्झनामा श्रदाञ्जली सभा गरिएको भने मैनबत्ती वालेर आत्मको चिर शान्तिकको कामना गर्दै श्रदाञ्जली सभा गरिएको हो । विरोध तथा श्रद्धाञ्जली सभामा सहभागीले आंतककारीले धर्म, जात सोधर गोली हानेको भन्दै नेपाल सरकारले सम्बोधन र विरोध गर्नुपर्ने धारणा राखेका थिए । सचेत नागरिक बाँके, नेपालगन्ज आयोजना गरेको विरोध कार्यक्रममा अगुवाले हिन्दु धर्म भएकै कारण नेपाली र अन्य पर्यटकको हत्या भएको र हत्यामा पाकिस्तानका आंतकारीहरुले आक्रमण गरेको भन्दै विरोध जनाए ।  यस्तै तराईको सिरहमा पनि विरोध प्रदर्शन र श्रदाञ्जली सभा गरिएकोे छ । हिन्दुमाथिको हत्याको घोर भत्र्सना गरिएको छ । मैनबत्ती बालेर मृतक परिवाारप्रति मैनबत्ती बालेर शान्तिको कामना गरिएको छ । घटनाको घोर भत्र्सना गर्दै आतंकवादको जात धर्म हुदैन् भन्दै कडा कारवाहीको माग गरिएको छ । यही घटनालाई लिएर काश्मिरमा आक्रमण हुनुभन्दा ७२ घण्टा अघि पाकिस्तानी सेना प्रमुख जनरल आसिम मुनीरले दिएको हिन्दु विरोधी मन्तव्य भन्दै आलोचना समेत गरिएको छ । नेपाली कांग्रेस आदिवासी जनजाति विभागले समेत आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाएको छ । त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले पनि शनिबार विरोधको कार्यक्रम राखेको छ । दुवै समूहले पाकिस्तानी दुतावस अघि धर्ना गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी गराएका छन् । उनीहरुले घटना लगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै पाकिस्तानै योजना अनुसार हिन्दु पर्यटकमाथि आक्रमण भएको दाबी गरेका छन् । मङ्गलवार आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको छ । हत्याको विरोधमा वैशाख १३ गते शनिवार प्रदर्शन गर्न लागिएका नागरिक अभियानका कार्यवाहक अध्यक्ष डा.हरिहर घिमिरेले जनकारी दिए । मङ्गलवार भएको आतङ्कवादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए । सुदिपको बुधबार नै बुटवल ल्याएर अत्यष्टि गरिसकेको छ । सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पाहलगमा पुगेका थिए । आतङ्ककारीले सुदीलाई नाङ्गै बनाएर गोली हानी हत्या गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x