१४ मंसिर २०८३, आईतवार

भारतको सहयोगमा निर्माण गरिएको रेलवे लाईन सेवाको उदघाटन

एसीपी संवाददाता

१९ चैत्र २०७८, शनिबार ०८:५१ मा प्रकाशित

भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन गरी शुभारम्भ भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा रेल र हाइड्रोदेखि १३२ स्वास्थ्य चौकीसम्म उद्‌घाटन, बनारसको यात्रा  समेत सम्मालित रहेकोे छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल भारत सम्बन्ध थप बलियो आशा ब्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गर्नु भएको हो । अब नेपालमा रेल निर्वाध रुपमा संचालन हुने भएको छ ।यो समाचार पनि पढ्नुहोस   नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

नेपाल र प्रधानमन्त्री प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए । दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो । उक्त रेलमार्ग भारतीय अनुदानमा बनेको हो । नेपालमा भारतको लगानी र सहयोगमा विभिन्न परियोजना संचालित रहेको छ ।

यस्तै, प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो । उनीहरुले संयुक्त रुपमा भारतको सहयोगमा निर्माण भएको सोलु करिडोर विद्युत प्रशारण लाइनको पनि उद्घाटन गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x