१८ आश्विन २०८३, आईतवार

भारतद्वारा पनि बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार

एसीपी संवाददाता

२१ माघ २०७८, शुक्रबार १०:१० मा प्रकाशित

एजेन्सी =  भारतले आजबाट चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको हो ।

योसँगै आजबाट सुरु भएको विन्टर ओलम्पिकको उद्घाटन समारोह र समापन समारोहमा भारत सहभागी नहुने भएको छ ।

सन् २०२० जुनमा चीन-भारत सीमामा भएको सैन्य झडपमा घाइते भएका चिनियाँ सैनिकलाई चीनले ओलम्पिकका लागि टर्च बोक्ने व्यक्ति बनाएपछि भारतले दुवै समारोहमा सहभागी नहुने घोषणा गरेको थियो ।

चीन-भारत सीमानाका गलवानमा भएको उक्त झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडप चार दशकयताकै सबैभन्दा खतरनाक झडप भएको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।   भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले यस्तो विषयलाई राजनीतीकरण गर्नु खेदजनक भएको बताएका छन् ।

भारत सरकारले शीतकालीन ओलम्पिक चीनलाई हस्तान्तरण गर्ने कुरा गरेको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचिले येस्लाईले दुःख व्यक्त गरेका छन् । गलवान इन्काउन्टरमा संलग्न चिनियाँ कमाण्डरलाई मशाल बोक्ने बनार चिनाले शीतकालीन ओलम्पिकमा राजनीतिकरण गरेको उनीहरुलाई बताए बेइजिङ शीतकालीन ओलम्पिकमा भारतको सहभागिताको बारेमा प्रश्न सोधेको थियो त्यस पछि भारत सरकारले शितकालिन ओलम्पिकको बाहिस्कार गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x