१९ कार्तिक २०८३, बुधबार

भारतबाट अवैध पैठारी भइरहेकाे गहुँ बरामद

एसीपी संवाददाता

२३ माघ २०७९, सोमबार २२:४० मा प्रकाशित

कृष्णनगर , माघ  । कृष्णनगर प्रहरीले भारतबाट अवैध पैठारी भइरहेकाे गहुँ बरामद गरेकाे छ ।

कृष्णनगर नगरपालिका वडा १२ साेनबरसा हुँदै अवैध रुपमा भित्रिदै गरेकाे गहुं बिहान ५.३० बजे नेपाल प्रहरीकाे टाेलीले पक्राउ गरि कृष्णनगर भन्सार पठाएकाे इप्रका कृष्णनगरले जनाएकाे छ । सुराकीकाे आधारमा खटिएकाे प्रहरी निरिक्षक नवराज ढुंगानाकाे टाेलीले कुल ३० क्वीन्टल भारतीय गहुं बरामद गरि भन्सार कार्यालय पठाएकाे छ ।
बरामद गहुंलाई कृष्णनगर भन्सार कार्यालयले कुल १ लाख ४८ हजार २२५ बराबरकाे कबाेल रकममा लिलाम गरेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x