१३ मंसिर २०८३, शनिबार
भुकम्पका कारण रुकुमका एकै वडामा २७ जनाको मृत्यु
पश्चिम रुकुम, कार्तिक । शुक्रबार मध्यरातिमा आएको विनाशकारी भूकम्पमा परेर पश्चिम रुकुमका एकै वडामा २७ जनाको मृत्यु भएको छ ।
पश्चिम रुकुमको आठबीसकोट नगरपालिका वडा नम्वर १४ बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौर सहितका गाउँमा २७ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तर त्यसमध्ये आठबीसकोट–१४ का मात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको बताइएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।
Subscribe
Login
0 Comments


