२८ आश्विन २०८३, बुधबार

महिलामाथि भएको हत्या, हिंसा तथा बलात्कारको बिरोध गर्दै नेपालगन्जमा प्रदर्शन

एसीपी संवाददाता

६ फाल्गुन २०७७, बिहीबार १४:२४ मा प्रकाशित

बिहीबार विप्लव नेतृत्वको अर्धभुमिगत रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) भेरी–कर्णाली क्षेत्रिय समन्वय समितिले निर्मला पन्त, सम्झना कामी देखि भागरथी भट्ट लगायत देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फासीको सजायको माग गरेको छ । नेपालगन्जको धम्बोजी माबि, मंगलप्रसाद माबि, आदर्श माबि, जिभियन, होलिल्याण्ड लगायतका विद्यालयका विद्यार्थीहरुको सहभागितामा निस्केको बिरोध ¥यालीले धम्बोजी चोक, बिपि चोक हुँदै गणेशमान चोकमा गएर कोणसभामा परिणत भएको थियो । ¥यालिमा सहभागी विद्यार्थीहरुले बलात्कारमा घटनामा संलग्नलाई कारबाही गर, निर्मला पन्तका हत्यारालाई सार्बजनिक गर, भागरथिका हत्यारालाई कारबाही गर, महिला हिसां बन्द गर, बलात्कार र हत्यामा संलग्नलाई फासिको सजायको व्यवस्था गर, लगायतका नारा लगाएका थिए । कोणसभामा सम्बोधन गर्ने विद्यार्थी नेताहरुले दिन प्रतिदिन बढिरहेका बलात्कारका घटना राज्यले नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन । उनिहरुले बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका दोषी हालसम्म पनि पत्ता नलाग्नुले सरकार र समग्र व्यवस्था माथिनै प्रश्न चिन्ह खडा भएको बताएका छन् । उनीहरुले यस्ता जधन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाहीको दायारामा ल्याउन सरकार समक्ष जोडदार माग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x