२ आश्विन २०८३, शुक्रबार

मिसेज नेपालगन्जको पहीलो अडिसन बाट २१ जना छानिए

एसीपी संवाददाता

३ भाद्र २०७९, शुक्रबार १५:२५ मा प्रकाशित

मिसेज नेपालगन्जको पहीलो अडिसन बाट २१ जना छानिए ।    तिज नृत्य प्रतियोगिता संगै फेसन सो र मिसेज नेपालगञ्जको पहीलो अडिसन बाट २१ जना छनोट भएका छन् । मिसेज नेपालगञ्जको लागि भएको पहीलो अडिसन बाट २१ जना गृहणी महीला छनोट भएका हुन् ।  ६७ जना प्रतिस्पर्धि मध्ये बाट २१ जना महीला छनोट गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।     मिसेज नेपालगञ्ज  प्रतियोगिताको निर्णायकमा सुबिना अधिकारी ,गिता क्षेत्री वर्नवाल ,नृत्य निर्देशक भरत महतो , कृष्णा पोण्डे लगायत रहेका थिए । नृत्य बिधाको अडिसन भने भोली शनिबार ४ गते मेरो प्लानेटमा ११ बजे देखि हुने आयोजकले जनाएको छ । प्रतियोगिहरुले ३ मिनेटको गितमा आफ्नो प्रस्तुती राख्नुपर्ने टेलिभिजन प्रमुख आशिष गुप्ताले बताए ।    प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x