२७ आश्विन २०८३, मंगलवार

विप्लव समुहको विज्ञप्ति जारी,५ दिने आन्दोलनको घोषणा

एसीपी संवाददाता

१ माघ २०७७, बिहीबार १४:४२ मा प्रकाशित

विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x