१ कार्तिक २०८३, शनिबार

विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तान भन्दै युवाहरूको प्रदर्शन

एसीपी संवाददाता

९ मंसिर २०७८, बिहीबार १५:२४ मा प्रकाशित

९ गते  मङ्सिर २०७८ । जनकपुरधाम –  आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन् ।

भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल ¥याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन् । स्थानीय रेल्बे स्टेशनबाट निकालिएको मोटरसाइकल र्याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुँगिएको थियो ।

प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।

‘विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तान, आतंकी परिचालन बन्द गर, मानवअधिकारको उल्लंधन बन्द गर, धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावादसहितका नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेको थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x