२८ आश्विन २०८३, बुधबार

उपभोक्ता दिवसमा सम्मान

एसीपी संवाददाता

२ चैत्र २०७७, सोमबार १५:१२ मा प्रकाशित

उपभोक्ता सचेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेमा अधिवक्ता वसन्त गौतम, पत्रकार अर्जुन वली र एम्मी मिटमार्टका दिपेन्द्रराज श्रेष्ठ रहेका छन । नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तथा उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मेयर डा. धवलशम्शेर राणा लगायतले सम्मानपत्र प्रदान गरे । नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले उपभोक्ता स्वयम सेचत हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मेयर राणाले उपभोक्ता सचेत हुने, उद्योगी ब्यवसायी आफैमा सचेत भएमा महत्वपूर्ण उपलब्धी हुने बताए । उपमेयर मगरले अनूगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वाणज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,घरेलु कार्यालयका प्रमुख मोहन सुवेदी, बाँके चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी, उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष सुरेन्द्र कार्की लगायतले उपभोक्ता अधिकारबारे सचेतनामुलक अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x