२४ श्रावण २०८३, आईतवार

वि.ओ.पि.द्वारा विजयनगरमा अबैध कुखुरा नष्ट

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०९:१९ मा प्रकाशित

कपिलवस्तु , २० माघ –
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५०किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ३५० किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । सोमवार रात्रि करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको
अवस्थामा गस्ती टोली लाई देखि कुखुरा छोडी मानिस भागेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक
कृष्ण बहादुर के. सी. ले जानकारी दिनुभएको छ ।

चीनद्धारा बिभिन्न बहाना बनाई व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प

प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी कमान्डमा ७ जना र ईलाका प्रहारी कार्यलय गणेशपुरबाट प्रहारी निरिक्षक रण बहादुर बिष्टको कमाण्डमा ५ जनको संयुक्त गस्ती टोलीलाई देख्ने बित्तिकै कुखुरालाई छोडेर भागेको के. सी ले बताउनुभयो ।

प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x