१३ असार २०८३, शनिबार

चीनद्धारा बिभिन्न बहाना बनाई व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०७:०४ मा प्रकाशित

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प भएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो ।

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो । २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

चीनमा कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्दै डब्लुएचओ टोलि बुहानको माछा बजारमा

भारतको सिरम कम्पनीको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारद्वारा अनुमति

आयातको तुलनामा निर्यात निकै कम हुने भएपनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको थियो । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ ।

लामो समयदेखि यहाँबाट निर्यात रोकिएका कारण भारतको विभिन्न स्थानबाट चिनमा सामग्री जाने क्रम बढेको व्यापारी बताउँछन् । ईमेजखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x