१२ असार २०८३, शुक्रबार
शिव सेना नेपालको आयोजनामा बृहत् र्याली हुने
नेपालगन्जमा नेपाल शिव सेनाले बृहत् र्यालीको आयोजना गर्ने भएको छ । नयाँ बर्ष र चैत्र राम नवमीको अवसर पारेर २०८१ बैशाख ५ गते बुधबारको दिन नेपाल शिव सेना र्यालीको आयोजना गर्ने भएको हो । बाँकेमा रामनवमीको पावन अवसरमा साझ ५ बजे बागेश्वरी मन्दिर पार्क देखी भव्य रेली आयोजना गरिने छ । आयोजकले सम्पूर्ण सनातनी हिन्दु धर्मलम्बीहरू साथै धार्मिक संगठनहरुलाई यस रेलीमा सहभागी भएर रामनवमी पर्व लाई अझै भव्य तथा सभ्य बनाइदिन हुनको लागि हार्दिक अनुरोध गरेको छ । नेपाल शिव सेना , बाँकेका अध्यक्ष किशोर लामा , महासचिव मंगल जीएमले सयुक्त सुचना मार्फत उक्त र्यालीमा सहयोगको लागि अनुरोध गरेका छ्न ।
Subscribe
Login
0 Comments



