३ आश्विन २०८३, शनिबार

इजराइलकी मोड्ल शेल्बिया आफूभन्दा १७ वर्ष जेठा अमेरिकी ब्रैण्डन कोर्फसँगको प्रेम सम्बन्धमा

एसीपी संवाददाता

१३ माघ २०७७, मंगलवार ०५:२७ मा प्रकाशित

एजेन्सी । १९ वर्षीया मोडल येल शेल्बियाले टीसी क्यालेण्डरको १ सय सबैभन्दा सुन्दर युवतीमा पहिलो स्थान हासिल गरिन् । इंस्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स भएका शेब्लिया आफ्नो शानदार जीवनशैलीका कारण पनि चर्चामा आउने गरेकी छन् ।

इजरायलको यहुदी परिवारमा जन्मिएको शेल्बियाले १६ वर्षदेखि नै मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनको फोटो नोटिस गर्दै उनलाई फोटोसुटको लागि बोलाएका थिए । उनको फोटोसुटपछि शेल्बियाको चर्चा सुरु भएको थियो । उनले इजरायलको एयरफोर्समा सैनिक सेवामा समेत काम गरिसकेकी छन् ।

शेल्बिया अहिले आफूभन्दा १७ वर्ष जेठा अमेरिकी अर्बपति ब्रैण्डन कोर्फसँगको प्रेम सम्बन्धमा छिन् । शेल्बियाले विश्वका धनी व्यक्तिहरूको कम्पनीका साथै फुटबलर लियोनल मेसीसँग पनि काम गरिसकेकी छन् । कोरोना महामारीका कारण उनी अहिले तनावमा छिन् । उनी अहिले अमेरिका र युरोपको यात्रा गर्न चाहन्छिन् । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x