श्री श्रीनिवासाचार्य महाराज जी माथि भएको आक्रमण विरुद्ध ज्ञापनपत्र
श्री श्रीनिवासाचार्य जी माहाराज जी माथि श्रवण २८ गते अज्ञात समुह द्वारा हमला भएको विषयमा आज नेपालगन्ज बाँके मार्फत जिल्ला प्रशासन कार्यालय (CDO office) मार्फत नेपाल सरकार लाई राष्ट्रिय सनातनी संघ जिल्ला संयोजक सौरब बर्माको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । हमला गर्नेहरूलाई यथा सिघ्र अनुसन्धान गरेर उचित कार्यवाही गर्न राष्ट्रिय सनातनी संघले माग गर्दै नेपाल सरकारलाई प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र दिएको छ । नेपालगन्ज उपमहानगरपालिका १२ का पुर्ब वडा अध्यक्ष समेत युवाहरूको उपस्थित रहेकोे थियोे । बाङ्लादेश मा रहेका अल्पसंख्यक हिन्दु , बौद्ध समुदाय माथी हिंसा , बलात्कार , मन्दिर तोडफोड हत्या गरेको कार्य विरुद्ध कडा बिरोध जनाउने महाराज निवासचार्यले बिरोध प्रदर्शन, र्याली समेत आयोजना गरेका थिए । 
सुनसरीमा श्री श्रीनिवासाचार्य माहाराज जी बस्ने मन्दिर महाराज जि लाई ज्यान बाट मार्ने गरि आक्रमण भएको थियोे । श्रवण २८ गते राती महाराज मन्दिरमा नभएको बेला आक्रमण गरेको जब श्रीनिवास महाराज जी न भेटिएसी वहाँको कक्षमा टोडफोड गरि गएका छन । त्यहाँको पुजारिहरुलाई खुखरी भाला हेराएर धाक धमकी पनि दिएका छ्न यसको मूल कारण
कोटिहोममा श्रीनिवास महाराज जीले दिएको धार्मिक प्रवचन कै कारण हुन सक्छ होला भगवानको कृपा ले उहाँ को ज्यान तेस्रो पटक पनि आक्रमण बाट जोगिएको हो सनतानी समाज संघले जनाएको हो ।दोसी माथि कडा कार्यवाही हुने माङ गरेको हो ।




